पोखरा उद्योग वाणिज्य संघका उम्मेदवारहरुको घरदैलो अभियान तिव्र

पोखरा, २८ भदौ /पोखरा उद्योग वाणिज्य संघको आगामी ३१ औं महाधिवेशन नजिकिदै गर्दा उम्मेदवारहरुले घरदैलो अभिायनलाई तिव्रता दिएका छन् ।

पोखरा उद्योग वाणिज्य संघका उम्मेदवारहरुको घरदैलो अभियान तिव्र
पोखरा उद्योग वाणिज्य संघका उम्मेदवारहरुको घरदैलो अभियान तिव्र

संघको उद्योगतर्फबाट उपाध्यक्ष पदमा उम्मेदवार दिनुभएकी सीता गुरुङ, उप–महासचिव पदका प्रत्यासी अर्जुन पोख्रेल, सदस्य पदका उम्मेदवारहरु बलराम आचार्य र कुमारी मुना बास्तोलाले सोमवार लेकसाईडका विभिन्न क्षेत्रमा घरदैलो अभियान गरेका छन् ।

व्यवसायीहरुको बीचमा पुगेर उनीहरुले मत मागेका छन् । सो क्रममा व्यवसायीहरुले संघमा पुगेर व्यवसायिक हितको लागि कार्य गर्न आग्रह गरे । साथै उनीहरुले अग्रिम शुभकामना व्यक्त गरेका थिए । उद्योगतर्फबाट उपाध्यक्ष पदमा उम्मेदवार दिनुभएकी गुरुङले व्यवसायीहरुले विजयी गराउन सहयोग गर्ने आश्वासन दिएको बताउनुभयो ।

उप–महासचिव पदका उम्मेदवार पोख्रेलले आगामी कार्यकाल व्यवसायीहरुको हकहितमा समर्पित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संघको विधान संसोधनमा क्रियाशिल रहेका सदस्य पदका उम्मेदवार आचार्यले व्यवसायी, उद्योगी तथा अग्रजहरुको सुझावलाई मध्यनजर गर्दै उम्मेदवारी दिएको बताउदै विजयी गराउन आग्रह गर्नुभयो । अर्का सदस्य पदका उम्मेदवार बास्तोलाले महिला उद्यमीको प्रवद्धनमा लाग्ने उल्लेख गर्नुभयो । संघको महाधिवेशन भदौ ३१ र असोज १ गते हुदै छ ।

कमेन्टहरु
Loading...