पोखरा उद्योग वाणिज्य संघ निर्वाचनमा अध्यक्षमा ६ जनाको उमेद्वारी दर्ता (चुनावी रनक फोटो फिचर)

पोखरा, २१ भदौ /पोखरा उद्योग वाणिज्य संघ निर्वाचनमा अध्यक्षमा ६ जनाको उमेदवारी दर्ता लागि, देव क्षेत्री, नारायण कोइराला, विश्वशंकर पालिखे, ईश्वरप्रसाद कर्माचार्य, धनीराम बराल र हीरा भट्टराईले उमेदवारी दर्ता गराएका छन् ।

अध्यक्षका प्रत्यासीमध्ये क्षेत्री अहिलेको कार्यसमितिका प्रथम उपाध्यक्ष हुन् भने पालिखे, कर्माचार्य, कोइराला र भट्टराई कार्यसमिति सदस्य हुन । बराल पूर्व कार्यसमिति सदस्य हुन् । वरिष्ठ उपाध्यक्षका लागि मीनराज काफ्ले र रवीन्द्रबहादुर प्रजुले उमेदवारी दर्ता गराएका छन । वाणिज्यतर्फको उपाध्यक्षका लागि विन्दु कोइराला सुवेदी, केदारनाथ भट्टराई र सुरेश अधिकारीले दर्ता गराएका हुन । उद्योगतर्फको उपाध्यक्षका लागि सीता गुरुङ र गोर्कण कार्कीले उमेदवारी दर्ता गराउका छन । महासचिवका लागि दामु अधिकारी र लक्ष्मी क्षेत्री पाण्डेले उमेदवारी दर्ता गराएका छन ।

कोषाध्यक्षका लागि जनकराज पराजुली र पवन प्रजापति, उपमहासचिवका लागि अर्जुन पोखरेल, नवीन बराल र धर्मराज अर्यालले मनोनयन पत्र लगेका छन् । अन्य पदका लागी उमेदवारी दर्ता गराउने क्रम जारी रहेको निर्वाचन समीती संयोजक दिपक श्रेष्ठले वताउनु भयो । दुई कर्पोरेट सदस्यका लागि नरेन्द्र वास्तोला र कमल बहादुर बस्नेत दुवैजना निर्विरोध निर्वाचित भएका छन ।

अधौगिक सदस्य १ जनाका लागि मोहनबाबु खड्का र हिरामणि पण्डितले मनोनयन पत्र लगेका छन् । बस्तुगत संघ तर्फ तर्फका ४ सदस्यका लागि ८ जनाले मनोनयन पत्र लगेका छन् । नारायण प्रसाद पौडेल, गिरधारी अधिकारी, देवबहादुर(डिवि) भूजेल, यामनाथ पौडेल, तारानाथ ढुंगाना, केपी शर्मा, यमनाथ निमिल्सिना र माधव प्रसाद पौडेलले मनोनयन पत्र लगेका हुन् । कार्यसमिति सदस्य खुल्ला तर्फ १० जनाको लागि २१ जनाले मनोनयन पत्र लगेका छन् ।

मनोनयन पत्र लैजानेमा चीनु गुरुङ, कुमारी मुना बास्तोला, बलराम आचार्य, यदुनाथ अधिकारी, प्रमेप्रसाद पौडेल, देवकृष्ण काफ्ले, किसान सुनार, पवित्रादेवी गुरुङ, प्रेमबहादुर गुरुङ, गिता कुमारी तिवारी, सुरेन्द्रमान विजुक्छे, महेश्वर पोखरेल, अनिल सिग्देल, सिता बराल, हिमालय बख्रेल, कृष्णबहादुर रानाभाट, गोमा ढकाल, नवराज त्रिपाठी, हरिराज पन्त, गिरीधारी शर्मा र अर्जुन खनाल छन् ।

भदौ ३१ र असोज १ गते हुने महाधिवेशन अन्तर्गत नयाँ समिति चयनका लागि बिहान ११ बजे देखि ५ बजेसम्म उम्मेदवार मनोनयनपत्र वितरण गरिने निर्वाचन समिति संयोजक दीपक श्रेष्ठले बताए । उनका अुनसार मंगलबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवार उपर दाबी विरोध गर्न भदौ २२ गते बुधबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारी उपरको दाबी विरोधको छानबिन पनि सोही दिन सम्पन्न गरी अपरान्ह ५ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

भदौ २३ गते बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । सोही दिन ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भदौ २५ गते उम्मेदवारको परिचय कार्यक्रम राखिएको छ । महाधिवेशनमा मतदान असोज १ गते बिहान ८ बजेबाट दिउँसो अपरान्ह ४ बजेसम्म कायम रहेको निर्वाचन समितिले जनाएको छ । मत गणना असोज २ गते रिने निर्वाचनि तािलकामा छ ।

अध्यक्षसहित पदाधिकारी ७, खुल्ला सदस्य १०, कर्पोरेटतर्फ २ र उद्योग १ गरी २४ सदस्यमा निर्वाचन हुनेछ । अध्यक्षले मनोनीत गर्ने ४ र निर्वमान अध्यक्षसहित संघको कार्यसमिति २९ सदस्यीय हुने विधानमा व्यवस्था छ । उद्योग वाणिज्य संघमा २ हजार ७ सय ४९ मतदाता मध्ये साधारण २ हजार ६ सय २७, उद्योग ४५, कर्पोरेट ५४ र वस्तुगत २३ सदस्य छन् ।

उद्योग वाणिज्य संघमा पूर्व अध्यक्ष र औद्योगिक घराना र वस्तुगत संघको पनि प्रभाव राम्रै पर्ने हुँदा अध्यक्षका प्रत्यसाीहरु उनीहरुको समर्थन जुटाउने प्रयासमा लागि परेका छन् । अध्यक्षमै धेरै आकांक्षी भएकाले पूर्व अध्यक्षहरु पहिलाजस्तो खुलेर आउने सम्भावना कमै देखिएको छ ।pcci chunabe umadir (1) pcci chunabe umadir (2) pcci chunabe umadir (4) pcci chunabe umadir (5) pcci chunabe umadir (6) pcci chunabe umadir (7) pcci chunabe umadir (8) pcci chunabe umadir (9) pcci chunabe umadir (10) pcci chunabe umadir (11)

कमेन्टहरु
Loading...