प्यासेफिक एजुकेशन एण्ड भिसा सर्भीसेजको शाखा पोखरामा सञ्चालन

पोखरा ८ फागुन/प्यासेफिक एजुकेशन एण्ड भिसा सर्भीसेजको शाखा शनिबारदेखि पोखरामा सञ्चालन आएको छ ।

प्यासेफिक एजुकेशन एण्ड भिसा सर्भीसेजको शाखा पोखरामा सञ्चालन
प्यासेफिक एजुकेशन एण्ड भिसा सर्भीसेजको शाखा पोखरामा सञ्चालन

विशेषगरी अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि IELTS, PTE, TOEFLका कक्षाको साथमा भिसा प्रोसेसिङ र काउन्सेलिङ गरिने पोखरा शाखा प्रमुख सर्घष कोइरालाले बताए । यस्का अलावा अमेरीका तथा युरोपियन मुलुकमा अध्ययन गर्न जान चाहनेहरुको लागि तयारी कक्षाका साथमा भिसा प्रोसेसिङ र काउन्सेलिङ गरिने उनको भनाइ छ ।

मानवअधिकारचोक चिप्लेढुङ्गामा रहेको सुनौलो भवनमा कार्यालय रहेको शाखाको उद्घाटन सुनौलो पब्लिकेशन प्रालिका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपसभापति गंगाधर पराजुलीले एक कार्यक्रमका बिच रिवन काटेर गरेका थिए । कार्यक्रममा बोल्दै पराजुलीले प्यासेफिक एजुकेशन कन्सल्टेन्सीले विदेश पढ्न जाने विद्यार्थीलाई राम्रो सेवा दिनेमा आफु विश्वस्त रहेको बताए । कम शुल्कमा गुणस्तरीय पढाइ हुने कलेजमा विद्यार्थी पठाउन संस्थाले पहल गर्नुपर्र्नेे भन्दै विदेश जानेहरुलाई सिप सिकेर मात्र जान उनको सुझाब थियो ।

कार्यक्रममा कामना विकास बैकका अध्यक्ष राजेन्द्रनिधि कोइराला, सामुदायिक जागरणका लागि हाम्रो अभियान ओक्काका अध्यक्ष शकुन्तला कोइराला, अष्ट्रेलिया शाखा प्रमुख विकास केसी, काठमाण्डौ शाखा प्रमुख शुसिल थापा, पोखरा शाखा प्रमुख सर्घष कोइराला, प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणी बराल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

कमेन्टहरु
Loading...