प्याराग्लाईडिङको अध्ययन गर्न नेपाली टोली न्युजिल्याण्ड प्रस्थान

पोखरा, १२ चैत्र/साहासिक खेल प्याराग्लाईडिङको अध्ययन तथा अवलोकन गर्न नेपालको एक टोली न्युजिल्याण्ड प्रस्थान गरेको छ । सरकारी स्तरबाट नागरिक उड्डयन प्राविधिकरण (क्यान) को संयोजनमा पहिलो पटक प्याराग्लाईडिङ खेलको बारेमा अध्ययन तथा अवलोकन गर्न सुक्रबार एक टोली काठमाण्डौंबाट न्युजिल्याण्ड प्रस्थान गरेको हो ।

प्याराग्लाईडिङ खेत गतिविधि व्यबस्थित ढंगले संचालन भएको न्युजिल्याण्डमा अध्ययन तथा भ्रमणको लागि सरकारी स्तरबाट निजी क्षेत्रसंगको सहकार्यमा टोली विदेश गएको नाका अध्यक्ष योगेश भट्टराइले बताए । टोलीमा क्यानका प्रवन्धक देवेन्द्र प्रसाद पाण्डे र उप–निर्देशक सुभास झा, नाका अध्यक्ष योगेश भट्टराई, महासचिव वसन्त दवाडी, व्यवसायी तर्फ सोभित वानिया र प्राविधिक तर्फ सरोज भट्टराई सहभागि भएका छन ।

क्यान सहित नेपाल हवाई खेलकुद संस्था (ना) तथा प्याराग्लाईडिङ पाइलट एंव प्राविधिक सहितको एक टोली प्याराग्लाईडिङलाई नेपालमा व्यबस्थित तथा प्राधिकरण संस्था स्थापनाको लागि पनि टोली न्युजिल्याण्ड गएको नाका महासचिव वसन्तराज दवाडिले जानकारी गराए। टोली यही मार्च २५ देखि अप्रिल १ अर्थात चैत्र १२ देखि १९ गते न्युनिल्याण्डमा रहेका प्याराग्लाडिङ व्यवसायको अध्ययन अवलोकन सहित संचालनको व्यवस्थाको समेत जानकारी लिने र नेपालमा प्राधिकरण संस्था स्थापनाको लागी अध्ययन अवलोकन गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको संयोजनमा न्युजिल्याण्डको विलिन्टन र क्युन्स टाउनमा प्याराग्लाइडिङको गतिविधी नियाल्ने भएको दवाडीले जनाए । यसैबिच, नेपाल हवाई खेलकुद संस्था (ना) को एक टोलिलाई नाका द्धितिय उपाध्यक्ष कृष्ण भण्डारी सहितको टिमले नाका अध्यक्ष योगेश भट्टराई सहितको टोलीलाई खादा तथा अविर लगायर विहिबार पोखराबाट विदाई गरेको थियो ।

कमेन्टहरु
Loading...