पदयात्रा व्यवसायी प्रभावकारी बनाउन तालिम

पोखरा, १० चैत/पदयात्रा व्यवसायीलाई व्यवसाय व्यवस्थापन सम्बन्धी दुईदिने तालिममा सम्पन्न भएको छ । ट्रेकिङ एजेन्सी एशोसिएसन नेपाल टान पश्चिमाञ्चल र पर्यटन बोर्डको सहयोगमा पर्यटन व्यवसायीलाई सहजीकरण गर्न कार्यक्रम आयोजना गरिएको हो ।

पोखरा पर्यटन परीक्षणका अध्यक्ष केदार शर्माले पर्यटन क्षेत्रमा रहेको बढ्दो प्रतिष्पर्धालाई गुणस्तरीय बनाउन सहज हुने बताए । पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले विश्व बजारमा कसरी मार्केटिङ गर्ने भन्नेबारे ध्यान दिनुपर्ने बताए ।

टानका अध्यक्ष दीपक अधिकारीले पदयात्रामा जाने पर्यटकहबिना गाइड र पोर्टर जाँदा हराउने गरेको हुँदा यसलाई सहजीकरण गर्न व्यवसायीको भूमिका ठूलो हुने बताए । कार्यक्रमका संयोजक मिलन तिवारीले व्यापार व्यसाय गर्न लगानी कर्तालाई तालिम फलदायी भएको उल्लेख गरे । उनले यस्ता तालिमको आयोजना आगामी दिना पनि गर्ने बताए । तालिमले व्यापार व्यवसायलाई कसरी मार्केटिङ, व्यवस्थापन, स्टाफ परिचालन र विश्व बजारमा पदयात्रा क्षेत्रको कसरी प्रवद्र्धन गर्ने भन्नेबारे प्रशिक्षण दिइएको छ ।

उतm तालिमको सहजीकरण नेदरल्याण्डका एन्स वीलीएम्सले गरेका थिए । उनले नेपालको पदयात्रा क्षेत्रलाई कसरी प्रवद्र्धन गर्ने बारेमा प्रशिक्षण दिएका थिए । करिब ६५ जना व्यवसायीले सो तालिम लिएका छन् । तालिमले आगामी दिनमा व्यापार व्यवसाय गर्न सहज हुने अनुमान आयोजकको रहेको छ ।

कमेन्टहरु
Loading...