पोखराबाट सजिलै विदेश घुमाउन ओपन हार्ट र ईजी ट्रिप विच सम्झौता

पोखरा ८ बैशाख/पोखराबाट ट्राभल्स सेवा प्रदान गर्दै आएको ओपन हार्ट ट्राभल्स र काठमाडौंमा रहेको ईजीट्रिप प्रालिले सहकार्य गर्न सम्भौता गरेका छन् । पोखराको न्यूरोड भाटभटिनी अगाडि कार्यालय रहेको ओपन हार्ट र काठमाडौंको नागपोखरीमा रहेको ईजी ट्रिपले आपसी सहकार्यमा विदेश भ्रमण लगायतका सुविधा दिने सहर्कायका सम्भौता गरेका हुन् ।

सम्झौता बारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन गरी पोखराबाट विदेश घुम्न जानेलाई सजिलो हुने बताए । यसअघि पर्यटक बस सञ्चालनको साथै ट्राभल एण्ड टुर्सका अन्य सेवा उपलब्ध गराउदै आएको ओपन हार्टले पछिल्लो समय विदेश भ्रमणको प्याकेजलाई प्रथामिकता दिदै आएको छ । ईजी ट्रिपले विशेष गरी विदेश टुर प्याकेज प्रदान गरिरहेको छ ।

पोखरा तथा यस आसपासका क्षेत्रबाट ओपन हार्ट मार्फत विदेश भ्रमणमा जान चाहनेका लागि ईजी ट्रिपसँगको सहकार्यले भिषा प्रोसेसिङ लगायतका काम गर्न सहज हुने प्रबन्ध निर्देशक पोम नारायण श्रेष्ठले बताए । पर्यटकिय क्षेत्र पोखरामा रहेको ट्राभल कम्पनीसँगको सहकार्यले आफ्नो पनि ब्यापार ब्यवसाय प्रबद्र्धनमा सहयोग पुग्ने र यस क्षेत्रका टुर पारखीका लागि सहज सेवा प्रदान गर्न सकिने ईजी ट्रिप प्रालीका प्रबन्ध निर्देशक सुदेश गौतम क्षेत्रीले बताए ।

ईजी ट्रिपका सेल्स म्यानेजर सुष्मा खड्काले दिएको जानकारी अनुसार थाइल्याण्ड, सिंगापुर, मलेसिया, हङकङ, दुवई सँगै युरोप टुर प्याकेज सेवा उपलब्ध छ । अन्तराष्ट्रिय उडान, ग्रुप होलिडेज, टुर प्याकेज, कर्पोरेट टुर, होटल बुकिङ लगायतका सेवाका लागि यी दुई कम्पनीले आपसी सहकार्यमा काम गर्नेछन् । ओपन हार्ट १४ बर्ष अघि स्थापित ट्राभल कम्पनी हो भने ईजी ट्रिप ४ बर्ष अघि स्थापित कम्पनी हो ।

कमेन्टहरु
Loading...