पोखराको महेन्द्रपुलमा खुल्यो ‘वरेन्ज मार्केट’

पोखरा, २८ साउन / पोखराको व्यस्त बजार महेन्द्रपुलमा ‘वरेन्ज मार्केट’ सञ्चालनमा आएको छ । एक वर्ष अगाडिबाट सञ्चालनमा आएको बजारको शनिबार औपचारिक उद्घाटन गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले एक कार्यक्रमका बीच बजारको शुभारम्भ गरेका हुन् ।उक्त अवसरमा बोल्दै मुल्मीले ग्राहकको चाहना अनुसार पछिल्लो समय व्यवस्थित बजारमा लगानी बढेको बताए ।

ग्राहकको व्यस्ततालाई ख्याल गर्दै एउटै बजारमा सम्पूर्ण सामान उपलब्ध हुनु राम्रो पक्ष भएको उनको भनाइ छ ।व्यवसायीहरु भरतराज शर्मा, मोतीप्रसाद पौडेल, आनन्ददेव श्रेष्ठ, अनिल वैद्य, ज्ञानेन्द्रराज पौडेलले १ करोड ५० लाख रुपैयाँ लगानीमा बजार सञ्चालन गरेका हुन् । बजारमा ३६ वटा व्यावसायिक सटर रहेको सञ्चालक भरतराज शर्माले जानकारी दिए ।दुईतिर प्रवेशद्वार रहेको बजारमा लेडिज तथा जेन्स फेसनेवल कपडा, व्युटि तथा कस्मेटिक लगायतका सामान उपलब्ध छन् । फुटकोट, वाइफाइ तथा सौचालय लगायको सुविधा बजारमा रहेको शर्माले बताए ।

यसैबीच, बजार शुभारम्भको अवसरमा शनिबार सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ । कलाकार ज्योती मगर तथा पोखराका स्थानीय कलाकारहरुले सांस्कृतिक प्रस्तुति राखेका थिए । साथै चाडपर्वको अवसरमा ग्राहकलाई उपहार कार्यक्रम समेत सञ्चालन गरिएको शर्माले जानकारी दिए ।

कमेन्टहरु
Loading...