नेपालीको आम्दानी बढ्यो, प्रतिव्यक्ति आय १ हजार ४ डलर

काठमाडौं, १३ वैशाख /नेपालीको प्रतिव्यक्ति आय १ हजार अमेरिकी डलर नाघेको छ।  तथ्याङ्क विभागले दिएको जानकारी अनुसार प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर पुगेको हो। यसको अर्थ औसतमा एक व्यक्तिले वार्षिक करिब १ लाख ६ हजार रुपैयाँ (डलरसँगको बिनिमयदर १०५.५ रुपैयाँ अनुसार) आम्दानी गर्दछ।

यो कुल गार्हस्थ उत्पादन (जिडिपि) लाई अनुमानित जनसंख्याले भाग गरेपछि आएको प्रतिव्यक्ति आय हो। गत वर्ष यो आम्दानी ८६६ अमेरिकी डलर थियो। एक वर्षमा प्रतिव्यक्ति आय १३८ डलर अर्थात १६ प्रतिशतले बढेको छ।

भूकम्पपछि निर्माण क्षेत्रमा आर्थिक चलायमान बढेसँगै प्रतिव्यक्ति आयमा वृद्धि भएको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए। कुल राष्ट्रिय आयअनुसार भने प्रतिव्यक्ति आय १ हजार १२ डलर पुगेको छ। जुन गत वर्ष ८७७ थियो। त्यस्तै विभिन्न बाह्य देशहरुबाट भएको आम्दानी समेत जोड्दा प्रतिव्यक्ति आय १२९४ डलर पुगेको छ। जुन गत वर्ष ११५६ डलर थियो।

यसअघि लामो समयदेखि प्रतिव्यक्ति आयमा सुधार नभएको जनाउँदै नेपालले तत्काल विकाशोन्मुख राष्ट्रमा स्तरोन्नति नहुने भन्दै संयुक्त राष्ट्रसंघमा प्रस्ताव गरेको थियो।

कमेन्टहरु
Loading...