पोखरा उद्योग वाणिज्य संघको सदस्यमा नारायण पौडेलले उम्मेद्वारी दिने

पोखरा, १३ भदौ / पोखरा उद्योग वाणिज्य संघको अघिल्लो महाधिवेशनमा वस्तुगत सदस्यमा विजयी भएका

व्यवसायी नारायण पौडेलले यस पटक खुल्ला तर्फबाट सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दुई

वर्षे कार्यकालमा सिकेका कुरालाई आगामी कार्यकालमा थप प्रभावकारी ढंगबाट प्रयोगमा ल्याउने प्रतिबद्धता

सहित आफूले उम्मेदवारी दिन लागेको उनको भनाई छ ।

पोखरामा लामो समय देखी इलेक्टिकल र पछिल्लो समयमा ग्यासँको व्यावसायमा संलग्न पौडेलले संघलाई

साझा संस्था बनाउन अगाडी बढ्नु पर्ने बताए । उनी ग्यास व्यावसायी संघ कास्की अध्यक्ष समेत हुन् । उनी

विभिन्न संघ सस्थामा रहेर काम गरिसेका छन् । संघको ३२औं महाधिवेशन आगामी असोज ५ र ६ गते

पोखरामा हुँदैछ ।

कमेन्टहरु
Loading...