Ganthan News Pokhara
All news from Pokhara & around

पोखरामा नमस्ते एजुकेशन सर्भिसेसको शाखा

0

पोखरा, १५ साउन/नमस्ते एजुकेशन सर्भिसेसको शाखा पोखरा न्यूरोडमा प्रबन्ध निर्देशक एवम् एनआरएनए अष्ट्रेलियाका निवर्तमान अध्यक्ष सुरेन्द्र सिग्देलले उद्घाटन गरेका छन् । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको नमस्ते एजुकेशनले काठमाडौं, भरतपुर, बुटबलपछि पोखरामा शाखा कार्यालय स्थापना गरेको हो ।

एक्काइस वर्ष पहिले आफू पनि विद्यार्थी भिसामा अष्ट्रेलिया जाँदाको गोता संझेर अबको पुस्तालाई शैक्षिक परामर्श र माइग्रेसनमा सहजीकरण गर्ने उद्धेश्यले आफ्नै होमटाउनमा शाखा खोलेको संस्थाका प्रबन्ध निर्देशक सुरेन्द्र सिग्देलले जानकारी दिए ।

जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समितिका सदस्य एवम् अन्तर्राष्ट्रिय समन्वय संयोजन समितिका संयोजक धु्रवराज चालिसेले ‘उच्चशिक्षाका लागि विदेशको सपना देख्ने पुस्तालाई यस्ता संस्थाले सहजीकरण गर्दै सेतुको काम गर्ने भएकाले विद्यार्थी र अभिभावक दुवैलाई सहयोग पुग्ने बताए ।’

अष्ट्रेलिया मात्र केन्द्रित नमस्तेले पोखरादेखि सिधै सिड्नी जोड्न चाहेको हो । यसवर्षको अक्टोबर÷नोभेम्बर र सन् २०१९ को फेब्रुअरी÷मार्च सेसेनलाई घरैबाट आवेदन दिनका लागि संस्थाले सहजीकरण गर्नेछ ।

अष्ट्रेलियन सरकारकाले नेपाललाई टेबल २ मा राखेको हुँदा सम्भावनाको भूमि भनेर चिनिने अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन र प्राविधिक दक्ष जनशक्तिको बसाइसराइमा तीव्र चाहना रहेको छ । नेपालबाट जानेहरूका लागि अष्टे«लियामा प्रशस्त अवसर छ । सन् २००८ मा सिड्नी र काठमाडौंबाट सेवा प्रारम्भ गरेको नमस्तेले अन्तर्राष्ट्रिय श्रम बजारमा योग्य र दक्ष जनशक्ति दिइसकेको छ ।

वेस्र्टन सिड्नी युनिभर्सिटी, फेडरेशन युनिभर्सिटी, सेण्टर क्वीन्सल्याण्ड युनिभर्सिटी लगायतका संस्थासँग नमस्तेको आवद्धताले उच्चशिक्षाको परामर्शमा भरपर्दो र विश्वासिलो वातावरण बनाएको छ । प्राविधिक एवम् दक्ष जनशक्तिको बसाइसराइ र रिसर्च कोर्षका लागि संस्थाले सहजीकरण गरिरहेको काठमाडौं निर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

सुरेन्द्र सिग्देल स्वयम् माइग्रेसन एजेण्ट रजिष्ट्रेसन अथरिटीका लाइसेन्स होल्डर हुन् । नेपालबाट जाने अधिकांश विद्यार्थीको चाहना गतिलो काम र आवासीय भिसा प्राथामिकतामा पर्छ । अध्ययनपछि हामीले सही जानकारी र यथोचित परामर्श प्रदान गर्दै आएको दावी गर्छन सिग्देल ।

अरु सम्बन्धित खबरहरु