नबिल बैंकको पोखरा प्रादेशिक कार्यालय र ३ नयाँ शाखा सञ्चालनमा

सागर राज तिमिल्सिना
पोखरा, १ चैत /नबिल बैंकले पोखराको न्यूरोड शाखालाई प्रदेश ४ को मुख्य कार्यालय सहित पोखरा थप तीन शाखा विस्तार गरेको छ । बैंकले लेखनाथको तालचोक, बगर र अमरसिंहचोकमा नया“ शाखाबाट कारोबार सञ्चालन गरेको हो ।

प्रादेशिक कार्यालयको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी र बैंकका संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड््यालले संयुक्त रुपमा उद्घाटन गरे ।

मेयर जिसीले प्रादेशिक कार्यालय र थप शाखाहरुबाट पोखराको विकासमा महत्वपूर्ण योगदान रहने विश्वास गरे । बैंकका अध्यक्ष शम्भु प्रसाद पौड््यालले पोखरामा हामीले २०५३ साल देखी नै निरन्तर सेवा दिंदै आएको बताउदै पोखरामा ५ वटा शाखाबाट सेवा दिएको बताए ।

बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकको थप नया“ शाखाहरुबाट ग्राहकलाई बैंकिङ्ग सुबिधाहरु प्रदान गर्ने बताए । उनले प्रदेश ४ मा बैकको ४ अरब लगानी र ४ अरब ८० करोड लगानी रहेको बताए ।

नबिल बैंकले ६२ वटा शाखा, १ सय ५ वटा एटिएमबाट सेवा दिदै आएको बताए । उनले १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेरको दावी गरे ।

कमेन्टहरु
Loading...