मुनाल सहकारी र पोखरा हस्पीटल बिच सम्झौता

पोखरा, २७ साउन /कास्की जिल्लाभर कार्यक्षेत्र भएको पोखरा नयाँबजारको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा इन्द्रचोकमा रहेको पोखरा हस्पीटल एण्ड रिसर्च सेन्टर बिच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ ।

आइतबार एक समारोह बिच दुबै संस्थाका संचालकहरुको उपस्थितिमा मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद हुमागाई र पोखरा हस्पीटल एण्ड रिसर्च सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक बासुदेव कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतापछि मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सेयर सदस्य तथा सदस्यका परिवार र सहकारीका कर्मचारीले पोखरा अस्पताल एण्ड रिसर्च सेन्टरबाट प्रदान गर्ने सबै किसिमका स्वास्थ्य सेवामा न्यूनतम १० प्रतिशत देखि २५ प्रतिशत सम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन ।

२४ घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको उपचार सेवा, आधुनिक ल्याव, डिजिटल एक्स्रे , आधुनिक शल्यक्रीया कक्ष, फार्मेसी मार्फत सेवा प्रदान गरिरहेको पोखरा अस्पतालको यो विशेष छुट सुविधाबाट सहकारीका सेयर सदस्य,कर्मचारी र परिवार लाभान्वित हुने मुनाल सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले बताए ।

कमेन्टहरु
Loading...