मुनाल सहकारीको अध्यक्षमा हुमागाईं

पोखरा, २६ भदौ /पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लि. को नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट संस्थाको सञ्चालक समितिको अध्यक्षमा दुर्गाप्रसाद हुमागाईं निर्बिरोध निर्बाचित भएका छन् । समितिको उपाध्यक्षमा खेमनारायण खनाल, सचिवमा मगनलाल श्रेष्ठ र कोषाध्यक्षमा नारायणबहादुर थापा रहेका छन् । समितिको सदस्यहरूमा रमेश पौडेल, मुक्तिनाथ अधिकारी, सुदर्शन न्हुच्छे प्रधान, सुधा थापा, तिलकबहादुर प्रधान, डा विष्णुप्रसाद चापागाईं र डिलकुमारी पौडेल चयन भए ।

लेखा समिति संयोजकमा सुशन पौडेल तथा सदस्यमा डिलाराम लामिछाने र डा भवानी शंकर पौडेल रहेका छन् । निर्बाचित पदाधिकारीलाई निर्बाचन अधिकृत मिलन ढकालले पद तथा गोपनियताको सफत गराउनु भएको संस्थाका प्रबन्धक अमर थापाले बताए । साधारण सभाको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक प्रभा कोइरालाले गरेकी थिइन । सो अवसरमा प्रमुख अतिथि कोइरालाले अब सहकारीले देशकै बारेमा सोच्ने बेला आएको र समग्र मुलुकको वित्तीय सुधारमा सहकारी लाग्नुपर्ने कुरामा जोड दिइन ।

समारोहमा सहकारीका शेयर सदस्य कर्णबहादुर थापा र शंकर ताम्राकारलाई क्रमशः उत्कृष्ट निक्षेपकर्ता तथा उत्कृष्ट ऋणीबाट सम्मान गरिएको छ । सोही अवसरमा वर्षको उत्कृष्ट कर्मचारीबाट संस्थाका कर्मचारी सबिता तिवारीलाई सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष मेघनाथ काफ्लेको अध्यक्षता भएको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका संचालक भीम गुरूङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, इन्सेक पोखराका प्रमुख शिव खकुरेल, निवर्तमान अध्यक्ष विनोद ढुंगाना, नवनिर्बाचित अध्यक्ष दुर्गाप्रसाद हुमागाईं, खेमनारायण खनाल, मगनलाल श्रेष्ठ,सुधा थापा लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...