पोखराको माउन्ट कैलाश रिसोर्टलाई इन्टरनेशनल बिड क्वालिटी अवार्ड

पोखरा, २ कात्तिक /फ्रान्सको राजधानी पेरिसमा सम्पन्न इन्टरनेशनल बिड क्वालिटी कन्भेन्सन पेरिस २०१६ मा नेपालले पहिलो पटक अवार्ड हात पारेको छ ।

नेपालको तर्फबाट पोखराको माउन्ट कैलाश रिसोर्ट इन्टरनेशनल गोल्ड स्टार फर क्वालिटी शिर्षकमा बिड क्वालिटीअवार्ड २०१६ पाउन सफल भएको हो ।

बिश्वभरी रहेका विभिन्न निजी कम्पनीले दिने सेवा सुबिधाको मुल्यांकन गरेर हरेक बर्ष बिजनेस ईन्टिय़टिभ डिरेक्सन ९बीआइडी० ले वर्ल्ड क्वालिटी कामिनमेन्ट अवार्ड गर्दै आएको छ ।

माउन्ट कैलाश रिसोर्ट पोखरा यो अवार्ड पाउने नेपालको पहिलो रिसोर्ट भएको छ । पेरिसको होटेल हायातमा सम्पन्न कार्यक्रममा रिसोर्ट पोखराका अध्क्षय नरेश भट्टराइले अवार्ड थपेका हुन् ।

अवार्डले माउन्ट कैलाश रिसोर्ट पोखरा मात्र नभई पोखरा र सिंगो नेपालको र नेपालको पर्यटन क्षेत्रको शिर विश्वसामु ठाडो परेको बताए ।

माउण्ट कैलाश रिसोर्ट
माउण्ट कैलाश रिसोर्ट
कमेन्टहरु
Loading...