नयाँ स्मार्टफोन किन्दा दुई हजार रुपैयाँ सम्म खल्तीले पैसा फिर्ता दिने

पोखरा, २१ जेठ/मोटोरोला नेपाल र खल्तीले नयाँ स्मार्ट फोनका ग्राहकहरूको बीच नेपालमा डिजिटल भुक्तानी बढाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन् । सम्झौता अनुसार खल्तीले चार मोडेलका मोटोरोला स्मार्ट फोनहरुमा दुइहजार रुपैयाँ सम्म खल्तीमा पैसा फिर्ता दिनेछ ।

यस अभियानको माध्यम द्वारा मोटोरोलाले नेपालमा स्मार्टफोन प्रयोगकर्ताहरु बिच डिजिटल माध्यमद्वारा पेमेन्ट गर्ने बानी प्रोत्साहित गर्ने कम्पनीको दावी छ । “हामी केवल हार्डवेयर र स्मार्टफोन मात्रै बिक्री गरेका छैनौँ, आफ्ना दैनिककार्यहरु सहजबनाउन स्मार्ट तरिकाले फोन प्रयोग गर्न पनिप्रोत्साहित गरीरहेका छौं ।

जीवन सजिलो र सुविधा जनक बनाउन स्मार्ट तरिकाले फोन प्रयोग गर्नु पर्ने नेपालका लागि मोटोरोलाको आधिकारीक बिक्रेता, ‘लाईफकम’ का प्रवन्ध निर्देशक अमित अग्रवालले बताए । छिमेकी देशहरू भारत, चीन र बांग्लादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी छ ।

यो साझेदारीबाट नेपालमा मोबाइल भुक्तानीको प्रयोग बढ्ने उनको दावी छ । अभियानले नेपाली युवाहरूको बीचमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने र मोबाइल भुक्तानीलाई अर्को स्तरमा पुर्याउने खल्तीका प्रबन्ध निर्देशक मनीष मोदीले बताए ।

यो अफर अहिलेका लागि चारवटा मोटोरोला स्मार्टफोनहरूको खरिदमा उपलब्ध छ मोटो सी, मोटो सी+ ,मोटो ई४, र मोटो मोटो ई४ं+ फोनहरू नेपालभरी रहेका मोटोरोला फोनका आधिकारिक पुनर्विक्रेताबाट खरिद गर्न उनले बताए ।

स्मार्टफोन मोडेल अधिकतममूल्य क्यासब्याक
मोटो सी रु १०,९९० रु १,०००
मोटो सी+ रु १३,४९० रु १,०००
मोटो ई४ रु १५,२९० रु १,५००
मोटो ई४+ रु १९,९९० रु २,०००

 

कमेन्टहरु
Loading...