पोखरा भित्रीयो बजाजको ‘भि १५’ बाइक

पोखरा, २७ असार/भारतीय चर्चित बाइक निर्माता बजाजले ‘भि १५’ पोखरामा पनि भित्राएको छ । बजाजको पोखरामा रहेको आधिकारिक विक्रेता ईच्छाशक्ती अटोमोवाईल्स प्रालिले सोमबार ‘भि १५’ बाइक सार्वजनिक सार्वजनिक गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी इनिस्पिेक्टर विश्वराज अधिकारीले उक्त मोटरसाईकल सार्वजनिक गर्नु भएको हो ।

सार्वजनिक गर्दै ट्राफिक प्रमुख अधिकारीले पोखरामा मोटरसाईकल ग्राहकले किनेपछि बिलबुक समयमा नपाएको गुनासो गर्ने गरेको बताउनुभयो । ‘बिलबुक नपाएको गुनासा ग्राहकले गर्छन्, बिलबुक लगायत डकुमेन्ट समयमै ग्राहकलाई दिनुस्, ग्राहकले पनि नम्बर प्लेट राखेपछि मात्र मोटरसाईकल चलाउनु प¥यो उहाँले भन्नुभयो । यो बाइकमा हाई टेक डिटीएस–आई १५० सीसीको इञ्जिन जडित छ । नेपाली बजारमा यसको मूल्य २ लाख ४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

पोखरा भित्रीयो बजाजको ‘भि १५’ बाइक
पोखरा भित्रीयो बजाजको ‘भि १५’ बाइक

सुलभ मूल्यको उत्कृष्ट बाइक भएको हुँदा पोखरेली ग्राहकमा लोकप्रिय हुने कम्पनीको विश्वास छ । नेपालका सडकहरुको अध्ययन गरेर ‘भि १५’ बाइक बजारमा ल्याएको इच्चा शक्तीका सेल्स म्यानेजर प्रविण अर्यालले जानकारी दिनुभयो । उनले उक्त मोटरसाईकल नेपालको कच्ची सडक, पिच रोडमा भएका खाल्डाखुल्डी, अव्यवस्थित ट्राफिक जाममा यो बाइक उत्कृष्ट रहेको गोल्छाको भनाई छ । एक्स्ट्रा ग्रिपका लागि चौडा टायरहरु, सिंगल र डबल सिटर बनाउने व्यवस्था, उत्कृष्ट व्यालेन्स, पृथक एवं शक्तिशाली धातुको बलियोपन, आकर्षक तथा स्टाइलिस डिजाइन यो मोटरसाईकलको विशेषता रहेको बताउनुभयो ।

‘भि १५’ ले ५५०० आरपिएममा १३ एनएमको अधिकतम टर्क उत्पादन गर्छ । यसमा टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र हाइड्रोलिक रियर सस्पेन्सन रहेको छ । बाइकको अगाडिको चच्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा ड्रम ब्रेक राखिएको छ । दुबै ट्युबलेस टायर रहेको कार्यक्रममा जानकारी दिइयो । बाइकमा पाँच स्पिड म्यानुअल गियरवक्स र वेट मल्टिप्लेट क्लच जडान गरिएको छ । यसमा १३ लिटरको मेटलबाट बनेको इन्धन ट्यांकी छ । यो बाइकले प्रतिलिटर ५० देखि ५५ किलोमिटरसम्म माइलेज दिने कम्पनीले दाबी छ ।

‘भि १५’ पर्ल ह्वाइट र इबोनी ब्ल्याक गरी दुई कलरमा उपलब्ध छ । १३५ किलो तौल रहेको बाइकको ग्राउन्ड क्लियरेन्स १६५ मिलिमिटर र ह्वीलबेस १३१५ मिलिमिटर रहेको छ । नेपालमा बजाज बाइक लोकप्रिय बनेको छ । सार्वजनिक कार्यक्रममा कास्की मोटर एसोसिएसनका अध्यक्ष माधव खतिवडाले बाईक भनेकै बजाज भएको ग्राहकले बुझ्ने गरेका बताए । सार्वजनिक कार्यक्रममा खेलकुद पत्रकार मञ्च कास्कीका उपाध्यक्ष दिनानाथ बरालले पनि शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...