मौजामा ४१ औं बसन्त मञ्चमी मेला हुने

पोखरा, १६ माघ /बसन्त पञ्चमीको अवसरमा प्रयत्नशिल युवा क्लव, मौजा–१ मोहोरियाले ४१ औं बसन्त पञ्चमी मेला तथा क्लवको २१ औं वार्षिकोत्सव कार्यक्रम आयोजना गर्ने भएको छ ।

माघ १९ देखि २१ सम्म हुने त्रि–दिवशिय मेलामा खुल्ला पुरुष भलिवल प्रतियोगिता मुख्य आकर्षणका रुपमा रहने क्लवले जनाएको छ । त्यसैगरि चर्चित राष्ट्रिय कलाकारहरुको सहभागितामा साँस्कृतीक कार्यक्रम, तथा छेलो हान्ने, घैटो फुटाउने, म्युजिकल चियर लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रमहरु पनि सञ्चालन गरिने छ ।

भलिवल प्रतियोगितामा विजयी हुने समुहले नगद ३५ हजारका साथमा ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ भने द्धितिय हुने समुहले नगद २५ हजारका साथमा मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरि सर्वोत्कृष्ट खेलाडी, वेष्ट लिफ्टर, स्पाइकर, सर्भर, डिफेण्डर र क्विकरलाई पनि छट्टाछुट्टै रुपमा पुरस्कृत गरिने क्लव अध्यक्ष मणिराज गुरुङ्गले बताए । प्रथम पुरस्कार जन्मथलो मोहोरिया भई हाल अमेरिका बसोबास गर्दै आएका सन्तोष तमुले गरेका छन् ।

त्यसैगरि भलिवलको उत्कृष्ट पाँच विधामा भलिवलका राष्ट्रिय महिला खेलाडी परिक्षा गुरुङ्गले प्रायोजन गरेकिछन् । महोत्सव सफल पार्न क्लव अध्यक्ष गुरुङ्गको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छ । यसैबिच मौजामा बास्केटबल कोर्ट निर्माण कार्य सम्पन्न भएको छ । सोही कोर्टलाई खेल मैदानको रुपमा प्रयोग गरिने छ भने कोर्टमा यसवर्ष भेट्रान्स बास्केटबल प्रतियोगिता सञ्चालन गरिने क्लवका पूर्वाध्यक्ष एवं सल्लाहकार सिम गुरुङ्गले जानकारी दिए ।

देशविदेशमा रहेका सहयोगी तथा राष्ट्रिय खेलकुद परिषद्को ५ लाख आर्थिक सहयोगमा झण्डै ३० लाख खर्चमा उक्त कोर्ट तथा खेल मैदान निर्माण भएको हो । ‘अब प्यारापिट र स्टेज निर्माण कार्य पनि अगाडी बढाइने छ’–गुरुङ्गले भने ।

कमेन्टहरु
Loading...