पश्चिमाञ्चल नेपालकै सबैभन्दा बढी मासु खपत हुने क्षेत्र

पोखरामा दैनिक ३१ हजार किलो मासु खपत 

गोकुल बानियाँ/पोखरा, १० असोज । पश्चिमाञ्चल बिकास क्षेत्र नेपालकै सबैभन्दा बढी मासुको खपत हुने क्षेत्रको रुपमा देखिएको छ । क्षेत्रीय पशुसेवा निर्देशनालय पोखराका अनुसार औषतमा नेपालको मासु खपत दर १३ केजी प्रतिब्यक्ति प्रतिबर्ष रहेकोमा पश्चिमाञ्चलमा प्रतिब्यक्ति प्रतिबर्ष २० केजि मासुको खपत हुने गरेको छ । 

पश्चिमाञ्चलमा बार्षिक एक लाख एक हजार ९ सय ९१ मेट्रिकटन मासु उत्पाद हुने गरेको क्षेत्रीय पशु सेवा निर्देशक डा. बंशि शर्माले जानकारी दिनुभयो । पश्चिमाञ्चलको मासु उत्पादन दर बार्षिक ३ दशमलब ६ प्रतिशतले बढ्दै गएको छ । kukhura-masu

त्यस्तै पोखरामा दैनिक ३१ हजार किलो मासु खपत हुने गरेको तथ्याङक छ । पोखरामा कुखुराको मासु दैनिक १६ हजार ५ सय, खसीबोका ५ हजार ,रागो ७ हजार र बंगुरको मासु २ हजार ५ सय किलो खपत हुदै आएको छ ।
पोखरामा मात्र दैनिक ८४ लाखको मासुको कारोबार हुने तथ्याङक छ । यस क्षेत्रमा कुखुराको मासु दैनिक ४१ लाख, खसीको ३० लाख, रागो ७ लाख, बंगुर ६ लाख रुपैयाको कारोबार हुने क्षेत्रिय पशु सेवा निर्देशक डा. बंशि शर्माले जानकारी दिनुभयो । पोखरामा दर्ता भएका मासु पसलको संख्या ४ सय ५० रहेको छ ।

कमेन्टहरु
Loading...