महिन्द्राको ‘मेगा डेलिभरी’

पोखरा, २ फागुन /महिन्द्रा गाडीको गण्डकी धौलागिरीको आधिकारिक विक्रेता वतास व्रदर्श प्रालिले महिन्द्रा गाडीको मेगा डेलिभरी गरेको छ । पुस २१ गतेवाट माघ मसान्तभित्र गाडी वुकिङ् गरेका १ सय ७० जना मध्ये २० जना ग्राहकहरुलाई वुधवार एक कार्यक्रम आयोजना गरि एकैपटक गाडीको चावी हस्तान्तरण गरेको हो ।

वतास अर्गनाईजेशनका मानव संशाधन विभाग प्रमूख विश्वमणी भण्डारी र महिन्द्रका विक्री प्रवन्धक पुष्पराज वरालले संयुक्त रुपमा ग्राहकहरुलाई गाडीको चावी प्रदान गरे । महिन्द्राको स्कोरपियो जिप, स्कोरपियो पिकअप, वोलेनो जिप र वोलेनो पिकअप गाडी डेलिभरी गरिएको हो ।

‘ महिन्द्राका मोडलहरु यस क्षेत्रमा अत्यन्त लोकप्रिय छन् । एकै पटक ग्राहकहरुलाई गाडी हस्तान्तरण गर्न पाउँदा खुशी छौँ’ वरालले भने ‘ ४० दिनको अवधिमा १ सय ७० गाडी वुकिङ हुनु महिन्द्रा गाडीप्रतिको आकर्षण हो । ’

कमेन्टहरु
Loading...