नदीमा पानी बढेपछि शुक्रबार देखि दैनिक एक घण्टा लोडसेडिङ घट्यो (तालिक सहित)

पोखरा, ७ जेठ/लोडसेडिङ खेप्दै आएका विद्युतका उपभोक्तालाई शुक्रबार देखि केही राहत पुग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार देखि लागु हुनेगरी दैनिक एक घण्टा लोडसेडिङ घटाएको छ ।

एक घण्टा घटेपछि अब दैनिक १० घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणले बुधबार दैनिक एक घण्टा लोडसेडिङ निर्णय गरेको थियो । शुक्रबार देखि नयाँ तालिका अनुसार लोडसेडिङ शुरु भएको छ ।

नदीमा पानीको बहाव केही बढेपछि विद्युत उत्पादनमा सुधार भए पछि लोडसेडिङ घटाएको हो । विद्युत उत्पादन केही बढेको कारण दैनिक एक घण्टा लोडसेडिङ घटाउन लागिएको प्राधिकारणले जनाएको छ ।

नदीमा पानी बढेपछि शुक्रबार देखि दैनिक एक घण्टा लोडसेडिङ घट्यो तालिक सहित
नदीमा पानी बढेपछि शुक्रबार देखि दैनिक एक घण्टा लोडसेडिङ घट्यो तालिक सहित
कमेन्टहरु
Loading...