निजी क्षेत्रको सहकार्य विना आर्थिक समृद्धि हुदैन -अध्यक्ष राणा

लेखनाथ, २० असोज / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निजी क्षेत्रको सहकार्यले मात्र सरकारले परिकल्पना

गरेको आर्थिक समृद्धी सम्भव हुने वताएकी छन् ।

लेखनाथ उद्योग वाणिज्य संघको २२ औं साधारण सभामा अध्यक्ष राणाले सरकारले निजी क्षेत्रले व्यहोरेका समस्यामा गम्भिर वन्न

आग्रह गर्दै करको व्यवस्थापन, लगानी मैत्रि वातावरण, वैंक तथा वित्तीय संस्थाको व्याज दर ,सरकारी निती तथा अनुगमन लगाएतका

क्षेत्रमा सुधार गर्नु पर्ने वताइन ।

कार्यक्रममा वोल्दै प्रदेश सभाका सदस्य दिपक कोइरालाले राज्य राजनैतिक संक्रमणकाल सकिएको र राज्यको व्यवस्थापकिय

संक्रमणकालको अवस्थामा रहेकाले सवै क्षेत्रमा केहि असहज देखिएको वताए । उनले अहिलेको अवस्थामा निजी क्षेत्रको सहकार्य

विना सरकारले आर्थिक समृद्धि हासिल गर्न नसक्ने वताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले धेरै सरकारहरु भएका कारण व्यवसायिहरु आफ्ना समस्या वोकेर

कहां जाने अन्यौल भएको वताए । उनले उद्योग वाणिज्य संघहरुले विकासका गतिविधीमा पनि ध्यान केन्द्रीत गर्न सुझाव दिए ।

देशको आर्थिक समृद्धिका लागि नेपाल सरकारको र उद्योग वाणिज्य महासंघको सहयोग र सहकार्यले नै निजि क्षेत्रको उत्थान हुने र देश

विकास हुने कुरामा जोड दिएका थिए ।

लेखनाथ उधोग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीको अध्यक्षतामा भएको साधारण सभामा उद्योग वाणिज्य महासंघका केन्द्रीय

उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष

वावुराम गिरी लगाएतले व्यवसायिका समस्याका वारेमा आ–आफ्ना धारणा राखेका थिए ।

कमेन्टहरु
Loading...