कियाको किया स्पोर्टेज कार नेपालमा

काठमाडौं, २९ पुस /किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल टे«डिङ प्रालिले किया स्पोर्टेज कारको नयाँ भर्सन सार्वजनिक गरेको छ ।

किया मोटर्ससँग कन्टिनेन्टल टे«डिङले सहकार्य गरेको २५ औं वर्षको अवसरमा चौथो पुस्ताको किया स्पोर्टेज सार्वजनिक भएको गरेको छ । कोरियन मोटर निर्माण कम्पनी कारको अगाडीपट्टि एलइडी हेडल्याम्प र एलइडी डे टाइम रनिङ लाइट् जडान गरिएको छ । किया स्पोर्टेजमा नयाँ ड्राइभिङ प्रविधि र अत्याधुनिक इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ ।

पेट्रोल र डिजेल दुवै अप्सनसँगै नयाँ स्पोर्टेज जिटीलाइनका मोडलमा उपलब्ध छ । कारमा ८ स्पीड अटोम्याटिक ट्रान्समिसन, प्याडल सिफ्टर, तीन ड्राइभ मोड (नर्मल, इको र स्पोर्ट), फराकिलो सनरुफ, उच्च कार्यक्षमता प्रदान गर्ने सस्पेन्सन, सात इन्चको टचस्क्रीन, ८ स्पीकर, एप्पल कार प्ले र अन्ड्रोइड अटो सर्पोट गर्ने म्युजिक सिस्टम उपलब्ध छ । नेपाली बजारमा नयाँ स्पोर्टेजको मुल्य ६९ लाख ९० हजार रुपैयाँबाट शुरु हुने कम्पनीले जनाएको छ ।

कमेन्टहरु
Loading...