किया स्पोर्टिजको टेस्ट ड्राइभ मनिपाल, तालचोक र लामाचौरमा

पोखरा, १५ कात्तिक /किया गाडीको लोकप्रिय ब्राण्ड ‘किया स्पोर्टिज टुह्विल ड्राइभ’ एसयुभी गाडीको टेस्ट ड्राइभ कार्यक्रम पोखरामा ३ दिनसम्म हुने भएको छ । कात्तिक १८ गतेबाट फरक फरक ठाउँमा टेष्ट ड्राइभ कार्यक्रम गरिने कियाको आधिकारिक बिक्रेटा एस ओभरसिज शिवचोक पोखराका अध्यक्ष विश्वबन्धु थापाले जानकारी दिए ।

आइतबार फुलबारीस्थित मनिपाल हस्पिटलमा, सोमबार लेखनाथको तालचोकमा र मंगलबार लामाचौर चोकमा टेष्ट ड्राइभ कार्यक्रम हुनेछ । स्टल राखेर आयोजना गरिने टेष्ट ड्राइभमा सहभागी हुने भिजिटरलाई गिफ्ट ह्याम्परको व्यवस्था गरिएको प्रवन्धक आशिक पौडेलले जानकारी दिए । ‘ट्रेस्ट ड्राइभ गरेर स्पोर्टिज बुकिङ गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको छ,’ उनले भने ।

कियाको शोरुम गत भदौमा शिवचोकमा स्थापना भएको हो । किया गाडी संसार प्रशिद्ध छ । शिवचोकमा आधुनिक शोरुम स्थापना गरी किया गाडी बिक्री सुरुवात भएपछि किया गाडीमा ग्राहकहरुको आकर्षण देखिएको थापाले जानकारी दिए । ‘कियाको आधिकारिक बिक्रेताको जिम्मेवारी एस ओभरसिजले पाएपछि किया पोखरा क्षेत्रमा प्रशिद्ध भएको छ,’ थापाले भने ।

मध्यमदेखि उच्च वर्गसम्मका व्यक्तिहरुलाई लक्षित गरी कियाका गाडीहरु बजारमा आइरहेका छन् । कियाले नेपाली बजारमा इलेक्ट्रिक गाडी पनि बिक्री गरिरहेको छ । इलेक्ट्रिक गाडीमा विशेष आकर्षण देखिएको थापाले बताए । ‘कियाका गाडी लक्जरियस भएकाले धेरैको रोजाईमा पर्छ,’ उनले भने ।

कियाको सर्भिस सेन्टर शिवचोकमा नै छ । बिक्री पछिको सेवालाई उच्च प्राथमिकतामा राखेर सेवा प्रदान भइरहेको थापाले बताए । कोरियाबाट उत्पादन भएर आइरहेका सस्तो रेन्जका क्रियाका गाडीहरु सन् २०१९ देखि भारतबाटै उत्पादन गरी नेपाल ल्याउने तयारी भइरहेको छ ।

कमेन्टहरु
Loading...