कालिका माईक्रोक्रेडिट बैंकको शाखा पामेमा

पोखरा, २५ भदौ /कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंकले पोखरा लेखनाथ महानगरपालिका २४ पामेमा स्थापना गरेको छ । m शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण बिभाग प्रमुख उपेन्द्र कुमार पौडेलले गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले बैंकको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेतले कुनै बैंकहरुको उपस्थिति नरहेको पामे बजारमा कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकले लघुवित्त कार्यक्रम सुचारु गरेको बताए । स्थानीय एवं बैंकका समूह सदस्य विष्णुमाया तिमिल्सिनाले महिलाहरुलाई आत्म निर्भर बनाउनको लागि बैंकले राम्रो भूमिका निर्वाह गरेको र आफूहरुले सोचेको भन्दा राम्रो तरिकाले सेवा लिइरहेको बताईन् । कार्यक्रमका अतिथि तथा स्थानीय वडा नं. २४ का वडा सदस्य अग्नीधर त्रिपाठीले बैंकले विकासको बाटो खुलाएको र महिलाहरुको आयआर्जनको लागि राम्रो बाटो खुलेकोले बैंक प्रति स्थानिय जनता आभारी रहेको बताए ।

नेपाल राष्ट्र बैंक लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण बिभाग प्रमुख उपेन्द्र कुमार पौडेलले बैंकले पछिल्लो समयमा राम्रो प्रगति गरेको जानकारी आएको तर सुशासनको विषयमा अलि गम्भिर रहनुपर्ने सुझाव दिंदै आगामी दिनमा महिला दिदिवहिनीहरुले बैंकले दिएको सुविधाको भरपुर उपयोग गरि आर्थिक संवृद्धि तर्फ लाग्न उत्प्रेरित गरेका बैंकका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले बताए ।

 

कमेन्टहरु
Loading...