कैलाश विकाश बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मान

पोखरा, १० साउन /नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्थाले कैलाश विकास बैंकलाई उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन सम्मान–२०७२ प्रदान गरेको छ । सय पटक सहित कैलाश विकास बैंकले तीन पटक सम्मान प्राप्त गरेको छ ।

राष्टिय स्तरको विकास बैंकको रुपमा कारोवार गरीरहेको“कैलाश विकास बैंक लि.” ले स्थापनाकाल देखि नै संस्थागत सुशासन, पारदर्शिता, जवाफदेहिता, दिगो बृद्धि ,स्तरीय ग्राहक सेवाआदी जस्ता विषयहरुलाई प्रमुख प्राथमिकतामा राख्दै उत्कृष्ट वित्तीय सेवा पु¥याउदै आएको बैंकले जनाएको छ ।

कैलाश विकाश बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मान
कैलाश विकाश बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मान

बैंकको २०७३ आाषढ मसान्तमा चुक्ता पूंजी १ अरव ५८ करोड पुगेको छ भने १५ अरब ६ करोड निक्षेप संकलन गरी १३ अरब ५० करोड रुपैय कर्जा प्रवाह गरेको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । गत आर्थिक वर्षमा संस्थाले करिव ४४ करोड खुद मुनाफा आर्जन गरेको थियो । हाल सम्मको प्रकाशित बिवरणको आधारमा विकास बैंकहरु मध्ये यो कैलाश विकास बैंक सबै भन्दा ठूलो विकास बैंक हुन पुगेको छ ।

बैकले ३८ जिल्लाका शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, मोबाईल बैंकिङ्ग सुविधा सुविधातथा १७ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।

कमेन्टहरु
Loading...