जापानीज भाषाको परीक्षा पोखरामा नै शनिबार हुने, बिहीबारसम्म नाम दर्ता

पोखरा, २२ माघ /पोखरामा शनिबार जापानीज भाषाको परीक्षा हुने भएको छ । मोग सर्भिस प्रालिको आयोजनामा अनलाइनबाट परीक्षा लिइनेछ । फरवरी ९ अर्थात फागुन २६ गते शनिबार परीक्षा हुनेछ । परीक्षामा सहभागी हुन चाहनेहरुले फरवरी ७ अर्थात माघ २४ गते बिहीबारसम्ममा नाम दर्ता गर्न सकिने प्रालिले जानकारी दिएको छ ।

पोखरामा पहिलो पटक अनलाइनबाट जापानीज भाषा परीक्षा ‘पिजेसी ब्रिज टेष्ट’ हुन लागेको हो । इन्टरनेशनल कलेज एप्लाइज साइन्स अनुपम मार्गमा परीक्षा हुनेछ । परीक्षा शुल्क ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । अनलाइन टेष्टको रिजल्ट २४ घन्टा भित्र आउने कम्पनीको भनाई छ । परीक्षामा सहभागी हुन चाहनेहरुले नाम दर्ताका लागि नेपाल भाषा संघ (लान)मा सम्पर्क गर्न सकिने लानका अध्यक्ष युवराज खनालले जानकारी दिए ।

प्रालिले नेपालमै पहिलोपटक जापानिज भाषा परीक्षा अनलाइनबाट दिन पाउने व्यवस्था गरेको हो । अहिलेसम्म जापानिज भाषा परीक्षा कागजको प्रयोग गरेर लिने गरिएको थियो । ‘परीक्षाको नतिजा पनि तुरुन्तै थाहा पाउन सकिन्छ,’ उनले भने, ‘कागजबाट दिइने परीक्षाको नतिजा आउन समय लाग्ने भएकाले अनलाइन परीक्षा प्रभावकारी हुनेछ ।’

जापानको अध्यागमन विभागले मान्यता दिएको यो परीक्षामा परिक्षार्थीले प्रत्येक हप्ता परीक्षा दिन पाउनेछन् । जापानिज भाषा परीक्षामा प्रयोग हुने ‘एनफाइभ’ देखि ‘एनथ्रि’ लेभलसम्मको जाँच एकैपटकमा गर्न सकिने बताइएको छ ।

कमेन्टहरु
Loading...