पोखराको उत्तमचोकमा होटल टास्क सञ्चालनमा

पोखरा, २ माघ/पोखराको उत्तमचोकमा रहेको होटल टास्क इन्टनेशनल (hotel task international pokhara) प्रालि सञ्चालनमा आएको छ । होटलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । उनले समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रको लगानीले आवश्यक पर्ने बताए ।

उनले पँुजी विना समृद्ध बन्ने नसक्ने बताउदै व्यावसायिकरण बन्ने गर्न नसक्दा नेपाल पछि परेको बताए । उनले युवाशक्तिको क्षमता र दिमागलाई मेशिनीकरण गराउन तर्फ अग्रसर बनाउनुपर्नेमा जोड दिए । ‘राजनैतिक स्थायीत्व भईसकेको अवस्थामा प्रविधि प्रयोग तर्फ ध्यान दिनुपर्छ ।’

उदघाटन कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङले पर्यटकलाई दिने सेवा अन्तर्राष्ट्रियस्तरको हुनुपर्ने बताए । उनले नेपालमा स्तरीय पर्यटक भित्रयाउन सेवा पनि त्यस्तै किसिमको बतान आवश्यक पुर्वाधारमा लागनी गर्नु पर्ने बताए ।

होटल सञ्चालक मिनराज गुरुङले होटल बुटिक थीममा निर्माण गरेको बताए । सात तले होटलमा ३२ कोठा रहेका छन् । पहिलो तलामा मुक्तिनाथ मन्दिरको बारेमा चित्र, दोस्रो तलामा विभिन्न जातजातिको सँस्कृति, तेस्रो तलामा विभिन्न तालहरु, चौथो तलामा हिमश्रृखंला, पाँचौ तला सेमिनार, छैटौं तला अर्पाटमेन्ट र सातौं तलामा रेष्टुरेण्ट रहेको छ ।

कमेन्टहरु
Loading...