पोखराको होटल सनरुटलाई अवार्ड

पोखरा, २८ चैत/पोखराको लेकसाइड अम्बोटमा रहेको होटल सनरुट एण्ड रेष्टुरेण्टले अन्र्तराष्ट्रिय अवार्ड हात पारेको छ । जर्मनीको फ्रान्कफर्टमा आयोजित ‘इन्टरनेशनल आर्क अफ युरोप २०१८’ कार्यक्रममा नेपालको पर्यटकिय होटलको प्रतिनिधित्व गर्दै सहभागी भएको पोखराको होटल सनरुटले ‘क्वालिटी कमिटमेन्ट अर्वाड इन इको फ्रेण्डली बजेट होटल’ शिर्षकमा अन्र्तराष्ट्रिय अवार्ड हात पारेको हो ।

यो अवार्ड हरेक वर्ष विश्वभरका होटलहरु मध्य अनलाईन मार्फत सर्वे गरि गुणस्तर, एकरुपता तथा ग्राहक सन्तुष्टीका आधारमा प्रदान गर्ने गरिन्छ । अन्र्तराष्ट्रिय गुणस्तर पहिचान गर्ने संस्था विड एण्ड विड ग्रुप वान स्पेनको आयोजनामा भएको कार्यक्रममा १ सय भन्दा बढि देशका बिभिन्न ब्यापारिक संस्था र होटलहरुको सहभागिता रहेको थियो । सहभागी देशहरुबाट १५ देशका होटल तथा ब्यापारिक संस्थाहरुले बिभिन्न शिर्षकमा अवार्ड हात पारेका थिए ।

‘यो अवार्डले होटलको मात्रै होइन समग्र पोखरा र नेपालकै पयर्टन प्रवद्र्धनमा टेवा पुगेको मैले ठानेको छु’ होटल सञ्चालक युवा पर्यटन व्यवसायी प्रदीप कुँवरले भने ‘सय भन्दा बढि देशको सहभागिता रहेको अवार्ड कार्यक्रममा सहभागी हुनुनै ठुलो कुरा हो, अवार्ड प्राप्ती पछि पोखराको पर्यटन क्षेत्रका लागि राम्रो सन्देश प्रवाह भएको छ ।’

अर्वाड कार्यक्रममा सहभागी हुन पुगेका कुँवरलाई आयोजक संस्थाका अध्यक्ष जोसे इ प्रिटो तथा इमारप्रेसका प्रधान सम्पादक डायले एल फिक्लिङले जर्मनीको फ्रान्कफर्टमा आयोजित बिशेष कार्यक्रममा अवार्ड प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...