लेकसाइडमा धमाधम होटल व्यवसाय छाड्दै व्यवसायी

सागर राज तिमिल्सिना
पोखरा, २९ जेठ / पोखराको लेकसाइडमा ट्राभल्स एजेन्सि चलाउदै आएका बलराम पौडेलले दुई साता अगाडी आफुले चलाउदै आएको अफिस बन्द गरेका छन् । उनले सटर भाडामा लिएर ट्राभल्स एजेन्सी चलाउदै आएका थिए ।

कोरोनाका कारण आर्थिक व्यवसाय नै नचले पछि उनले सटर छाडेर आफ्नो अफिसको सामान घर लगेर राखेका छन् । ‘घर धनिले घर भाडा घटाउन मानेन्,’ उनले भने ‘व्यापार केहिपनि छैन कसरी महिनाको २० हजार रुपैया तिर्ने ?’ घर धनिले छुट दिएका भए सुख दुःख त्यही सटरमा व्यवसाय चलाउने उनले बताए । तर छुट नदिने भने पछि सटर छाडेर हिडे ।

यो त एउटा उदाहरण मात्रै हो । पोखराको लेकसाइडमा कोरोनाका कारण व्यवसायीले धमाधम व्यवसाय छाड्दै हिड्नेहरु धेरै नै छन् । कतिपय घर धनिले समस्याका बेला छुट दिएका कारण व्यावसायीहरु व्यवसाय छाडेर भागेका छैनन् । भने कतिपय भने धमाधम पलाएन भएका छन् ।

पोखराको लेकसाइडका रहेका करिब ५ सय होटलमा करिब २५० घरधनिले नै चलाउ छन् भने २५० भाडामा दिने गरेका छन् । करिब ५० भन्दा बढि होटल व्यवसायमा रहेका व्यावसायी छाडेर हिडि सकेको पश्चिमाञ्चल होटल संंघका अध्यक्ष विकल तुलाचलले बताए ।

भाडामा होटल लिएर सञ्चालन गर्नेहरुले धमाधम छाडेर गएको उनको भनाई छ । तर घरधनिले भाडामा सहुलिएत दिएका होटलहरु भने व्यवासायीहरुले नै चलाउने छन् । दिन दिनै होटल संघमा भाडाका बिषयलाई लिएर गुनासो आउने गरेको तुलाचनले बताए । करिब तीन महिना हुन थाल्दा समेत होटल बन्द गर्नु पर्ने अवस्था आउदै गरेपछि कर्मचारी र भाडा तिन नसक्ने अवस्था आएपछि होटल छाडेर जान वाध्य भएको उनले बताए ।

होटल सञ्चालनका भाडा लिन दिएको एड्भान्स रुपैया, भाडा लगाएतका विषयमा दिनहुँ गुनासो आउने गरेको बताए । कतिपय घर धनिले भने होटल चलाउै गनुहोस् चले पैसा दिनु नभएर चलाउनु भने गरेको उनले बताए । होटल मात्रै है लेडसाइडमा सटरहरु पनि धमाधमा खाली गर्दै गएका छन् ।

कमेन्टहरु
Loading...