होटल पोखरा ग्राण्डमा शनिबार ‘अक्टोबर फेस्ट’ हुँदै

पोखरा, ९ कात्तिक / पोखराको एकमात्र पाँचतारे होटल पोखरा ग्राण्डले कात्तिक ९ गते शनिबार ‘अक्टोबर फेस्ट’ आयोजना गरेको छ । होटल ग्राण्डको स्तुपा ग्रार्डेनमा हुने उक्त कार्यक्रममा गायिका मीलन अमात्यसहित अन्य विभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहने महाप्रवन्धक रोशन खवासले जानकारी दिए ।

‘कार्यक्रममा सहभागीहरुका लागि अनलिमिटेड बियर, स्न्याक्स तथा लन्चको व्यवस्था गरिएको छ,’ उनले भने, ‘आकर्षक डोर प्राइजका साथमा रमाइला गेम तथा नृत्य र डिजे सेसनको पनि रमाइलो लिन सकिनेछ ।’

दशैं पूर्णिमाको २ दिन पछि आयोजित अक्टोबर फेस्टमा पोखरा तथा आसपासबाट सहभागी आउने होटलको अपेक्षा छ । ‘रिफ्रेसमेन्ट तथा मनोरञ्जनका लागि कार्यक्रम निकै फलदायी हुने हामीले विश्वास लिएका छौं,’ खवासले भने । कार्यक्रममा सहभागी हुनका लागि ३ हजार ९ सय ९९ रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

कमेन्टहरु
Loading...