सौराहा बढ्दै ठुला होटल, राप्ती किनारामा होटल पार्क सफारी

सौराहा, २ जेठ /राप्ती नदी किनारमा स्तरीय सुविधा सहित होटल पार्क सफारी संचालन गरिएको छ । स्तरीय पाहुनाको लागी लक्षित गरेर होटल सुरु गरिएको छ । ३१ करोडको लागतमा सञ्चालनमा आएको होटल चार तारे होटलको मापदण्ड पुरा गरेर निमार्ण गरिएको सञ्चालनले बताएका छन् । ४५ कोठा सहित, स्विमङ पुल , स्पा, लगाएतको सेवा रहेको छ ।

यी मध्ये एक स्विट, एक अपार्टमेन्ट कोठा हुन् भने ४३ डिलक्स कोठा रहेको छन् । उच्च स्तरीय पर्यटकको रोजाई अनुसार होटल निमार्ण गरिएको संचालक महेश खनालले बताए । धेरै होटलहरुको भिडमा सेवा सुविधामा फरक रहेको दावी उनले छ । राष्ट्रिय निकुञ्जको छेवैमा नदी किनारमा रहेको होटलबाट रमणीय दृष्य अवलोकन गर्न सकिने सुविधा रहेको खनालले बताए । ‘स–साना कुरालाई ख्याल गरेर होटलको संरचना निर्माण भए छ’ खनालले भने ‘ आधुनिक प्रविधिको प्रयोग गरेर आगन्तुकलाई अहिलेसम्म भएका होटल भन्दा उत्कृष्ट सेवा दिने योजना हो ।’ त्यस क्षेत्रमा पाँच वटा होटल निमार्णको क्रममा रहेका छन । भएका पुराना होटलले पनि स्तरोन्नती गरेका छन् ।

मुलुकको तेस्रो पर्यटकीय गन्तब्यका रुपमा चिनिएको सौराहामा ठुला होटल खुल्ने क्रम बढेको छ । स्तरीय पर्यटकिय सुविधा सहित सौराहामा ठुला होटल थपिएका छन् । कतिपय होटल निमार्ण सुरु गर्न लागेका छन् । संरक्षणकर्मी बाशु ढुङ्गानाले करिब तीन विघाहा क्षेत्रफलमा होटल निमार्ण गरिरहेका छन । उनले होटलको नाम नै ‘बनवास चितवन ’ नाम राखेका छन । होटललाई प्राकृतिक स्वरुप दिने योजनामा रहेको बताए । होटल परिषरमा उनले विरुवा रोपेका छन । जंगल भित्र प्राकृतिक वातावरणमा रमाउने खालको होटल संचालन गर्ने उनले बताए ।

अहिलेसम्म ३० प्रतिशत काम सकिएको छ । स्तरीय सुविधा खोज्ने पर्यटकका लागी झुवानीमा होटल निमार्णको काम तिब्र रुपमा भईरहेको छ । जंगलको वातावरण सहितको सेवा दिने गरी २०१८ भित्र सेवा सुरु गर्ने ढुङ्गानाले बताए । ‘ पर्यटकलाई ल्याउने भन्दा पनि आउने वातावरण बनाउनुपर्छ त्यसैका लागी होटल बनाएका हौ ’ ढुङ्गानाले भने ‘ स्तरीय ठुला होटलको संधै अभाव महसुस गरेर अघि बढेका हौ ’ ।
सौराहा नजिक सिमरेनीमा हिमालयन सेर्पा वाईल्ड लाईफ जंगल रिसोर्ट निमार्णको क्रममा रहेको छ । कुमरोज मध्यवर्ती सामुदायीक वन नजिक होटलको संरचना निमार्ण सुरु गर्न लागिएको छ । ठुलासंगै साना होटल पनि थपिने क्रम बढेको छ ।

पर्यटकको आकर्षणका लागि पुराना होटलको पनि स्तरोन्नती गरेका छन । होटलमा आउने पर्यटकले स्विमिङ पुल खोज्न थालेपछि व्यवसायीले होटलमा सुविधा थपेका छन । होटल मोनालिसामा पनि सुविधा संगै होटल थपिएको छ । कोठाको अभाव भएपछि उनले होटलको विस्तारसंगै स्तारोन्नती गरेका छन । अर्गानिक खानाको सुविधा सहित होटलमा २५ वटा कोठा थप गरेर ४७ कोठा पु¥याएका छन । पर्यटकको आगमन बढेपछि होटल विस्तार गरिएको उनले बताए । ‘ पर्यटक आउने क्रम बढेपछि कहिले काँही त कोठा पु¥याउनै सकिदैन ’ खनालले भने ‘ सरकारी स्तरबाटै केही हुने हो भने पर्यटक ओईरिन्छन ’ ।

वाइल्डलाइफ टुरिजमका लागि ख्याती कमाएको सौराहामा ठुला होटल निमार्ण गर्ने बढेका छन । काठमाडौँ र पोखरा पछिको मुख्य पर्यटकीय गन्तव्य चितवनको सौराहालाई मानिन्छ । सौराहामा पर्यटकको आकर्षण बढेको कारण होटल बढेको क्षेत्रिय होटल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । ‘ पर्यटकको रोजाई संगै लगानीकर्ताको विश्वास पनि बढेको छ ’ घिमिरेले भने ‘ अहिले बनेका होटलका कारण गुणात्मक र गुणस्तरीय सेवा दिन सकिने अवस्थामा सौराहा छ ’ ।

सौराहा व्यवसायीले पर्यटकलाई प्याकेजको व्यवस्था गरेर सबै सेवा उपलब्ध गराउँदै आएका छन् । पाटे बाघ, एकसिङ्गे गैडा , घडियाल चितवन राष्ट्रिय निकुञ्जको आकर्षण हो । निकुञ्जमा जिप एवं हात्ती सफारी, डुङ्गा सयर, सूर्यास्त र चराचुरुङ्गगीहरुको प्रत्यक्ष अवलोकन एवम् थारुको संस्कृति अवलोकनमा पर्यटक लोभिने गर्दछन् । सौराहामा ७० वटा रेष्टुरेण्ट र १ सय १० वटा साना ठुला होटलहरु रहेका छन् ।

कमेन्टहरु
Loading...