होटल ल्याण्मार्कमा ५५ जनाले रक्तदान

पोखरा, ३० भाद्र /होटल ल्याण्मार्क पोखराले हाल पोखरा क्षेत्रमा देखिएको रक्त अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना ग¥यो। जसमा विदेशी पर्यटक सहित होटलमा कार्यरत कर्मचारीले गरी ५५ जनाले रक्तदान गरेका थिए ।

होटलका मेनेजिङ डाइरेक्टर ओम प्रकाश पाण्डेलाई व्लड व्याग हस्तान्तरण गरी पूर्व सम्माननिय श्रम मन्त्री मुकुन्द न्यौपाने तथा पूर्व सभासद चुरामणी जंगलीले कार्यक्रमको सुभारम्भ गरेका थिए । १०० औँ पटक रक्तदान गरी भारतको महाराष्ट्र सरकारबाट सम्मानित भैसकेका भारतिय पर्यटक अशोक एस गुप्ताको १०६ ओैँ पटक रक्तदान गरे ।

कार्यक्रमलाई समापन गर्दै यस प्रष्ठिानका कार्यकारी प्रमुख सि एन पाण्डेले व्यक्ती होस वा व्यवसायी सबै समाजका प्रतिनिधि भएको बताउदै समाजप्रति सबैको जिम्वेवारी र कर्तव्य वान हुने पर्ने बताए । रक्तदान कार्यक्रमको आयोजना गर्न पाउँदा आत्मसन्तुष्टी मिलेको बताउँदै आफ्नो प्रतष्ठानले हरेक वर्ष रक्तदान कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कमेन्टहरु
Loading...