चैतको दोस्रो हप्ता हेमजामा पाँचौ आलु महोत्सव हुने

पोखरा, १७ माघ। आलु गाउको रुपमा परिचित कास्कीको हेमजा गाविसमा चैतको दोस्रो हप्तामा पाँचौ आलु महोत्सव हेमजा–२०७० हुने भएको छ । विष्णुपादुका क्लव हेमजाको संयोजनमा हुन लागेको उक्त महोत्सव चैत १४ गते देखि २० गते सम्म चल्ने छ । महोत्सवलाई सम्पन्न गर्नका लागि स्थानिय संयोजन संस्था विष्णुपादुका क्लवका अध्यक्ष रमेश कार्कीको संयोजकत्वमा हेमजा रहेका विभिन्न संघ संस्था, सरकारी तथा गैर सरकारी संस्था, आमसमूह, वुद्धिजिवि समाजसेवी शिक्षाप्रेमी सदस्य रहेको एक सय ५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।महोत्सवलाई सफल बनाउनका लागि रमेश कार्कीको संयोजकत्वमा एक कार्यसमिति समेत गठन गरिएको छ । समितिको महासचिवमा मिनबहादुर पराजुली, सचिवमा राजेन्द्रसिंह थापा, कोषाध्यक्षमा कृष्णबहादुर खड्का, सदस्यहरुमा चोलानाथ रेग्मी, सागर लुईटेल, प्रकाशचन्द्र सापकोटा, महेन्द्रसिंह थापा, राजेन्द्र थापा, गंगा त्रिपाठी, शुशिल श्रेष्ठ, वुद्धदेवी कुँवर, दानबहादुर थापा, चित्रनाथ पौडेल, ज्ञानु थापा, दानबहादुर भुजेल, भिमप्रसाद श्रेष्ठ, सृजना सापकोटा, बसन्त श्रेष्ठ, विजय केसी, शंकर थापा, कृष्णप्रसाद पौडेल, प्रकाश तिमिल्सिना, मिलन बास्तोला, हरिकुमार श्रेष्ठ, मनोजकुमार श्रेष्ठ, दिपक सापकोटा, अनुप कार्की, शालिकराम बाँस्तोला, जितबहादुर कार्की, मनोहरी भण्डारी, गंगाबहादुर कार्की, भक्तबहादुर थापा, शिवराम अधिकारी र देवी त्रिपाठी रहेका छन् ।

जसमा मुलआयोजक समितिलाई सहज बनाउनका लागि विभिन्न उपसमिति समेत गठन भएको मुल आयोजक समितिका संयोजक रमेश कार्कीले जानकारी दिए । त्यसैगरि रमेश कार्कीकै सयोजकत्वमा कार्य सम्पाद समिति समेत गठन गरिएको छ । जसको सदस्यहरुमा मिनबहादुर पराजुली, कृष्ण खड्का, भिमप्रसाद श्रेष्ठ, महेन्द्रसिंह थापा, सिर्जना सापकोटा र प्रकाश तिमिल्सिना रहेका छन् । यस अघि २०६६ मा बहुउद्देश्यीय कृषि सहकारीको सक्रियता र २०६७ मा हेमजा गाविसको सक्रियतामा आलु महोत्सव सम्पन्न भएको थियो भने त्यस पछि विष्णु पादुका क्लवको संयोजमा आलु महोत्सव सञ्चालन हुदै आएको छ ।

कमेन्टहरु
Loading...