हेमजा आलु महोत्सव चैत्र २३ देखि ३० गते सम्म

पोखरा २६, माघ/आलु गाँउका रुपमा परिचित हेमजामा सातौ आलु महोत्सव हुने भएको छ। शनिवार विष्णुपादुका क्लव अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा बसेको भेलाले रमेश कार्कीको संयोजकत्वमा १५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो ।
सुन्दर ठाँउ हेमजा जाऊ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल उद्घोषका साथ कृषि पर्यटन तथा व्यापारको प्रर्वद्धन गर्ने उद्धेश्यले महोत्सव सञ्चालन गरिदै आएकोमा यस बर्ष पनि चैत्र २३ गते देखि ३० गते सम्म हेमजाको विष्णुपादुका खेलमैदानमा हुने भएको छ ।

विष्णु पादुका क्लवका अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा मङ्गलबार बसेको भेलाले १ सय ५१ सदस्यीय समिति गठन गरेको छ ।जसको कार्यसम्पादन समिति महासचिवमा बसन्त कुमार श्रेष्ठ, सचिव सरोज कार्की, कोषाध्यक्षमा महेन्द्र सिंह थापा, अर्थसंकलन सयोजकमा भक्त बहादुर थापा, स्टल व्यवस्थापन तर्फ राजेन्द्र थापा, साँस्कृतिक तर्फ विजय के.सी, लेखा समितिमा गोविन्द पौडेल, आमा समुह परिचालन तर्फ भगवती बजगाइ, स्वयं सेवक परिचालन तर्फ राजेन्द्र थापा, यातायात व्यवस्थापन तर्फ सुर्य बहादुर कुँवर, प्रचार प्रसार तर्फ परशुराम अधिकारी, सुरक्षा व्यवस्थापन तर्फ मन तामा·, टिकट व्यवस्थापन तर्फ उदय कुमार श्रेष्ठ , विद्युत तथा खानेपानी तर्फ विजय थापा छपाइ तर्फ शंकर थापा, कृषक परिचालन जयराम तिमिल्सिनालाई संयोजकका रुपमा चयन गरिएको छ भने कार्यालय सहयोगी तर्फ समुन थापा, विजय थापा र ऋषि सापकोटा लाई चयन गरिएको छ ।

कमेन्टहरु
Loading...