सुनका गहनामा फलाम मिसाउने गरेको प्रशासनको भनाईप्रती व्यवसायी असहमत

पोखरा, ९ फागुन / सुन चाँदी व्यवसायी संघ कास्कीले राज्यले सुनचादी व्यवसाय सम्वन्धी स्पष्ट ऐन/ कानून तथा निर्देशिका वनाएर मात्र सुनचादी पसलमा वजार अनुगमन गर्न सरकारसँग माग गरेको छ । ऐन/कानूनको अभावमा गरिने अनुगमनले व्यवसायीलाई आतंकित वनाएको संघले जनाएको छ ।

सुनको सुद्धता मापन गर्ने मेसिन प्रमाणिकरणको अभाव र राज्यको प्राविधिक कमीले गर्दा आँफूहरु मारमा पर्ने गरेको गुनासो सुन व्यवसायीहरुले गर्दै आएका छन् । संघका महासचिव मनवहादुर लाम्गादेले एक विज्ञप्ति प्रकाशितगरी आँफूहरु अनुगमनको विरोधी नभएर सरकारले वनाएको ऐन कानून अनअुसार नै अनुगमन होस भन्ने मनसाय रहेको स्पष्ट पारेका छन् । केही दिन पहिले सुनचादी व्यवसायीले सुनमा फलाम मिसाएर गरगहना वनाउने गरेको प्रसासनको भनाईप्रती व्यवसायीहरुको पुर्ण असहमती रहेको सुनचादी व्यवसायी संघ कास्कीले जनाएको छ ।

विज्ञप्तिमा व्यवसायीले विक्रि वितरण गरेका गर गहना उपभोक्ताले जहा र जहिलेपनी विक्री वितरण गर्न सक्ने भएकाले मिसावट गरी वेच्ने भन्ने कुरा हुनै नसक्ने र यस्ले उपभोक्तामा भ्रम मात्र सृजना गर्ने गरेको उल्लेख छ ।

‘ सुनमा शुद्धता होस भनेर प्रशासनले वजार अनुगमन गर्नु स्वागत योग्य छ तर अनुगमन गर्दा वाणिज्य दिग्दर्शन अन्तर्गतको विज्ञ टोली सहभागि गराएर मात्र अनुगमन गरियोस भन्ने हाम्रो माग हो ।’– संघका महासचिव लाम्गादेले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ । सुन चादी वजार अनुगमनको निर्देशिका जारी नहुदासम्म प्रशासनले गर्ने अनुगमन टोलीमा व्यवसायीको एकजना प्रतिनिधिलाई समेत समावेस गराउन संघले आग्रह गरेको छ ।

अहिले व्यवसायीले गर गहना वनाउने सुन वाणिज्य वैंकवाट खरिद गर्ने गरेका छन् । उक्त सुन नै ९९.५० प्रतिशत मात्र शुद्ध हुनेगरेको व्यवसायीहरुको भनाई रहेको छ । ‘सुन पोल्दा वा गलाउदा दुई प्रतिशत सम्म यस्को गुणस्तरमा हस आउन सक्छ । यस्लाई राज्यले क्षम्य नगर्ने हो भने राज्यले नै हल मार्किङको व्यवस्था गरिदिनुपर्छ । ’–विज्ञप्तिमा उल्लेख छ ।

कमेन्टहरु
Loading...