बर्जर पेन्ट्सको एक्सक्लुसिभ स्टोर पोखरामा

सागर राज तिमिल्सिना
पोखरा, १४ साउन/बर्जर पेन्ट्सले पोखरा एक्सक्लुसिभ शोरुम स्टोर पेन्ट प्लसको नयाँ स्टोर जटाधारी ट्रेडर्स राष्ट्रबैंक चोक पोखरामा विस्तार गरेको छ । बर्जर पेन्ट्सको यो पोखरामा ५ औ एक्सक्लुसिभ शोरुम हो । एक्सक्लुसिभ स्टोरको मिस नेपाल अश्मी श्रेष्ठ र बर्जर मिस ट्यालेन्ट सृजना रेग्मीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

बुझ्नुहोस्, रोज्नुहोस् अनि रंगाउनुहोस् भन्ने उद्घोषका साथ सुरुवात भएको पेन्ट प्लसको मुख्य उद्देश्य घरधनीहरुलाई रंगसम्बन्धी सबै जानकारी एकै ठाउँबाट दिनु रहेको शोरुमका सञ्चालक तोरण कुँबरले जानकारी दिए । उनले पेन्ट प्लसमा रंगको साथ ग्राहकहरुको सुविधालाई मध्यनजर राखी इन्टेरियर डेकोरेटर द्धारा रंग सम्बन्धी परामर्श, घरको डिजिटल, प्रि भ्यू, टच एण्ड फिल र विभिन्न रंगहरुबाट रोज्ने सुविधा उपलब्ध रहेको उनको भनाई छ ।

शुक्रबार नै शोरुम र ब्रजर पेन्टस्को बारेमा जानकारी दिन पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बर्जरका कन्टी म्यानेजर साइबेल घोसले पोखराको जम्मा रंगबजारको ५० प्रतिशत बजार बर्जरले ओगटेको बताए । उनले पोखरामा यस अगाडि नै ४ वटा एक्सक्लुसिभ शोरुप सञ्चालनमा रहेका जानकारी दिए । पोखरामा रहेका अन्य पेन्टस् प्लसका स्टोरहरुको सफलतासँगै ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यका साथ बर्जर पेन्ट प्लसको स्टोर विस्तार गरेको कम्पनीले जनाएको छ ।

berger (1) berger (2) berger (3) berger pokhara ma

कमेन्टहरु
Loading...