CAN

गरिमाको २८ औं शाखा नवलपरासीको बर्दघाटमा

77

पोखरा, ११ जेठ /पोखरामा केन्द्रीय कार्यालय भएको गरिमा विकास बैंकले नवलपरासी जिल्लाको बर्दघाटमा २८ औं शाखा खोलेको छ । शाखाको मंगलबार नेपाल राष्ट्र बैंकका निर्देशक रेवती प्रसाद नेपालले उद्घाटन गरे । शाखा कार्यालय समुद्ध्घाटन समारोहको अध्यक्षता विकास बैंकका अध्यक्ष दिलिपप्रताप खाणले गरेका थिए ।

बैंकले बर्दघाट शाखा कार्यालय मार्फत यस क्षेत्रका बासिन्दालाई आधुनिक वित्तीय सेवा प्रवाह गर्नुका साथै यस क्षेत्रको वित्तीय पहुँच अभिवृद्धिका लागि विशेष कार्यक्रमहरु ल्याउने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए । गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास र्बैंक हो । यो बैंकले हाल २७ शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रवाह गर्दै आइरहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक रेवती प्रसाद नेपाल, बर्दघाट नगरपालिकाका कार्यकारी प्रमुख बोधराज वस्याल, उद्योग वाणिज्य संघ वर्दघाटका महासचिव लेखनाथ न्यौपाने, बैंकका अध्यक्ष दिलिपप्रताप खाण, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल लगायतले बोलेका थिए ।