गण्डकी प्रदेशमा बजेट खर्च भएन, कास्कीमा ९१ प्रतिशत

पोखरा, ६ साउन /गण्डकी प्रदेश आर्थिक वर्ष २०७४/७५ मा करिब ३० प्रतिशत मात्रै खर्च भएको छ । प्रदेश सरकार ढिलो गठन हुनु, बजेट कार्वान्वयका लागि प्रयाप्त कर्मचारी नहुनु, बजेट कार्वान्य गर्न नीति तथा कार्यक्रम नहुदा बजेट कार्यान्यन पुर्ण रुपमा नभएको प्रदेश सरकारको भनाई छ ।

संघिय सरकारबाट प्राप्त १ अर्व २ करोड बजेट मध्ये ३० करोड ५४ लाख मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय गण्डकी प्रदेशका कोष नियन्त्रक श्यामराज जोशीले बताए । कोष तथा नियन्त्रक कार्यालय कास्की नियन्त्रक समेत रहेका उनले कास्कीमा चालु र पूँजीगत तर्फ ९१ दशमलव ४ प्रतिशत र्खच भएको बताए । उनले पूँजीगत तर्फ ४ अर्व ४७ करोड ३४ लाख बजेट रहेकोमा ४ अर्व २ करोड, ३६ लाख खर्च भएको बताए ।

त्यसै गरी चालु तर्फ १० अर्व ९८ करोड ८५ लाख बजेट रहेकोमा १० अर्व १० करोड २२ लाख खर्च भएको जोशीले बताए । उनले पूँजीगत तर्फ ९० प्रतिशत र चालु तर्फ ९२ प्रतिशत खर्च भएको जानकारी दिए । कास्कीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, श्रम कार्यालय, व्यवासायिक प्रशिक्षण तथा सिप विकास तालिम केन्द्र, तथ्याङक कार्यालय, जिल्ला आर्थिक गणना कार्यालयले चालु सतप्रतिशत खर्च गर्न सकेका छनन् ।

प्रदेशसभा सचिवालय गण्डकी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भौतिक पुर्वाधार विकास मन्त्रालयले चालु र पूँजीगत दुबै तर्फ सतप्रतिश बजेट खर्च गरेको उनले बताए ।

कमेन्टहरु
Loading...