गण्डकी विकास बैंकको वोनश शेयर पारित

पोखरा, २८ जेठ /गण्डकी विकास वैक लिमिटेडको दशौ वार्षिक साधारण सभाले संचित मुनाफाबाट १९.३१०६ प्रतिशत वोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात बैंकको कुल चूक्ता पूँजी २ अर्ब ७५ करोड पुगेको छ । चुक्ता पूँजीको आधारमा गण्डकी विकास वैक सवै भन्दा ठूलो एवं अग्रणी विकास बैक भएको दावी गरिएको छ ।

सभाले आगामी चार वर्षको लागि छ जना संचालकहरु निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा संस्थापक शेयरधनीहरुको तर्फबाट पदमप्रसाद पौडेल, सुशिल गौचन र किशोर ओझा रहेका छन् । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नारायणबहादुर बानिया, कृष्णवहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी छन् ।

बैंकले आ.व. २०७४/७५ को तेश्रो त्रैयमास सम्ममानिक्षेप  २० अर्ब ४३ करोड पु¥याएको छ भने कर्जातर्फ रु.१८ अर्ब ३२ करोड पु¥याएको छ ।वैकले केन्द्रीयकार्यालय सहित देशकाविभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप लिनुका साथैसहज र सरल रुपमाकर्जा प्रवाह गर्दै आएको छ ।

लकर सेवा, सुनधितोमाकर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदानगर्दै आइरहेको बैंकले जनाएको छ । बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ व्यक्तिहरुका लागि लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले जानकारी दिए ।

कमेन्टहरु
Loading...