गण्डकी विकास बैंकद्वारा फर्निचर हस्तान्तरण

पोखरा, १४ फागुन / गण्डकी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत पोखरा महानगरपालिका वडा नम्बर ३१, बेगनास स्थित आनन्द ज्योति माध्यमिक बिद्यालयलाई फर्निचर सामग्रीहरु हस्तान्तरण गरेको छ ।

बैंकका अध्यक्ष सुशिल गौचन, बैंकका सञ्चालक किशोर ओझा, प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा सहितले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रनाथ अधिकारीलाई सामग्री हस्तान्तरण गरे ।

बैंकले १५ जना सम्म बस्न मिल्ने ५ वटा सोफा, २ वटा अफिस टेवल तथा कार्पेट लगाएतका सरसामाग्रीहरु हस्तान्तरण गरेको हो । यस सहयोगबाट विद्यालयको शैक्षिक उन्नयनमा टेवा पुग्ने विश्वास बैंक छ ।

कार्यक्रमलाई सम्बोधन गदै बैंकका अध्यक्ष सुशिल गौचनले विद्यालयलाई आवश्यक भएको फर्निचर सामाग्री सहयोग गर्न पाउँदा खुशि लागेको तथा बैंकले सामाजिक क्षेत्रमा गरेको योगदानले समाजका विभिन्न तहका समुदायहरु लाभान्वीत भई रहदा बैंक स्वयंको गरिमा बढेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले गण्डकी विकास बैंक नेपाल अधिराज्यभर सशक्त शाखा सञ्जाल भएको विकास बैंक भएको र बैंकले प्रदान गर्ने सेवा एवं सुविधाहरु विशिष्टकृत रहेको बताए ।

उनले बैंकका अन्य गतिविधिका विषयमा समेत प्रकास पार्दै पोखराको समिपमा रहेको सामुदायीक विद्यालयलाई यसरी सहयोग गर्न पाउनु अवसर भएको बताए । विद्यालयका प्राचार्य शिवराज अधिकारीले विद्यालयको गतिविधिबारे प्रकाश परेका थिए । कार्यक्रमको संचालन बैंकका सामान्य प्रशासन विभाग प्रमुख मोहन गिरीले गरेका थिए ।

कमेन्टहरु
Loading...