फोर्डको ‘समर एक्स्चेन्ज’ शुक्रबारदेखि

पोखरा, ७ वैशाख / फोर्डको ‘समर एक्स्चेन्ज’ तथा ‘टेष्ट ड्राइभ’ महोत्सव शुक्रबार सुरु हुँदैछ । फोर्ड गाडीका लागि गण्डकी धौलागिरीको अधिकृत बिक्रेता अटो भेन्चर प्रा.लि. पोखराको आयोजना हुने महोत्सव आइतबारसम्म चल्ने प्रा.लि.का प्रवन्ध निर्देशक ध्रुबबहादुर थापाले जानकारी दिए ।

ग्राहकको हितलाई मध्यनजर गरी शून्य प्रतिशत व्याजदरमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराइएको थापाले बताए । ‘महोत्सव अबधिभर फोर्ड खरिद तथा साटफेर गर्न ग्राहकको भिड लाग्ने अनुमान गरेका छौं,’ उनले भने । महोत्सवमा २०१७ मोडलका फोर्डका नयाँ गाडी टेष्ट ड्राइभ गर्न सकिनेछ ।

फोर्डको फिगो, इको स्पोर्टस, अस्पायर, रेन्जर, इन्डोभियर लगायतका ब्राण्ड पोखराबाट बिक्री भइरहेको छ । ‘२०१७ मोडलका नयाँ गाडीहरु बिक्री भइरहेका छन्,’ उनले भने, ‘विश्व विख्यात फोर्ड गाडी पोखरामा धेरैले रुचाउनुभएको छ ।’ सुरक्षित, माइलेज राम्रो, आकर्षक डिजाइन, स्तरीयताले फोर्डमा ग्राहकको आकर्षण बढेको कम्पनीको दावी छ ।

अमेरिकी प्रविधिमा भारतमा निर्मित फोर्ड गाडी नेपाली बाटो सुहाउँदो रहेको सिनियर म्यानेजर लोकेन्द्र अर्यालले बताए । फोर्ड गाडीले छोटो समयमा नै निकै लोकप्रियता कमाउन सफल भएको कम्पनीको दावी छ । पोखरामा पनि फोर्ड गाडीप्रति ग्राहकको आकर्षण बढेको प्रालिका सेल्स म्यानेजर छबि गौतमले बताए ।

कमेन्टहरु
Loading...