पोउवा संघका अध्यक्ष पदका प्रत्यासी देव क्षेत्रीको प्यानल र घोषणापत्र सार्वजनीक (को को सहित)

पोखरा, २३ भदौ /पोखरा उद्योग वाणिज्य संघको ३१ औं महाधिवेशनका अध्यक्ष पदका प्रत्यासी देव क्षेत्रीले आफ्नो प्यानल सहित घोषणापत्र सार्वजनीक गरेका छन् । २३ वटा बुदा सहित आफ्नो प्यानलका १७ जनाको पनि पत्रकार सम्मेलन गरेर नाम सार्वजनीक गरे ।

घोषणापत्रमा उनले अन्य उमेदवारले जस्तो ठूला योजना र महत्वकांक्षी आश्वासन भन्दा पनि ब्यवसायीको हक हितलाई प्रथामिकतामा परेका छन् । विधान संशोधन भइसकेको अवस्थामा उद्योगी व्यवसायी र वस्तुगत संघको भूमिका अझै सशक्त बनाउने र वस्तुगत संघमार्फत् नै सदस्यहरुलाई तालिम प्रदान गर्ने विषय पहिलो नम्बरमा पारेका छन् ।

देव क्षेत्री
देव क्षेत्री

२३ वुदे प्रतिबद्धता पत्रमा उनले व्यवसायीलाई करदाता शिक्षा प्रदान गर्दै लेखा प्रणाली सम्बन्धी ऐन नियमबारे जानकारी गराउन कार्यक्रम सञ्चालन गर्ने, सदस्यको हित संरक्षण र दक्षता विकासका लागि सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी अघि बढ्ने उल्लेख गरेका छन् ।

व्यवसायलाई समयसापेक्ष बनाउन प्रविधिको सहारा लिँदै अनलाइन सेवा सञ्चालन गर्ने र सचिवालयलाई प्रविधियुक्त बनाउने, उद्योग व्यवसायमा समस्याका रुपमा देखिँदै आएको व्यवसायी–मजदुरबीचको सम्बन्ध सुधार र विवाद समाधानलाई प्राथमिकतामा राख्ने, युवा उद्यमी मञ्च र महिला उद्यमीको भूमिकालाई अझै प्रभावकारी बनाउने, राष्ट्रिय र अन्तराष्ट्रिय उद्योग वाणिज्य संघसँग भगिनी सम्बन्ध गाँसेर अनुभव आदान प्रदान गरी उद्यमशीलता विकासका लागि काम गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

देव क्षेत्रीको प्यानल
अध्यक्ष देव क्षेत्री
बरिष्ठ उपाध्यक्ष मिनराज काफ्ले
उपाध्यक्ष (उद्योग) सीता गुरुङ
उपाध्यक्ष (बाणिज्य ) सुरेश अधिकारी
महासचिव लक्ष्मी पाण्डे
कोषाध्यक्ष जनकराज पराजुली
उप महासचिवको अर्जुन पोखरेल
सदस्य
चीनु गुरुङ
कुमारी मुना वास्तोला
गोमा ढकाल
हिमालय बख्रेल
बलराम आचार्य
महेश्वर पोखरेल
नवराज त्रिपाठी
गिरीधारी शर्मा
अर्जुन खनाल
हरिराज पन्त

घोषणपत्र पुर्ण पाठ

पोखरा उद्योग वाणिज्य संघको ३१ औं महाधिवेशनमा म देव क्षेत्री अध्यक्ष पदमा उम्मेदवारी दिएर टिमको साथमा चुनावी माहोलमा होमिएको छु । संघमा आवद्ध भएर लगातार १० वर्ष काम गर्दै आउँदा पोखराका अधिकांश उद्योगी, व्यवसायीले झेल्नु परेका समस्या मैले नजिकबाट बुझेको छु ।

उद्योगी, व्यवासायीको हित र पोखराको समग्र विकासका लागि विगतमा झै समन्वयकारी भूमिका खेल्नु नै मेरो नेतृत्वको संघको प्रतिवद्धता रहेको सम्पूर्ण मतदाता समक्ष जानकारी गराउन चाहन्छु । २०६३ सालदेखि निरन्तर पोखरा उद्योग वाणिज्य संघमा आवद्ध रहेर व्यावसायिक हितमा काम गर्दै आएको छु । सम्पूर्ण मतदाताको सहयोग र सद्भावकै कारण धेरैपटक सर्वाधिक मत ल्याउन सफल हुँदै आएँ ।

कार्यसमिति सदस्यबाट प्रवेश गरेको मैले द्वितीय र प्रथम उपाध्यक्ष भएर पनि काम गरें । अध्यक्षको अनुपस्थितिमा दर्जनौं पटक कार्यवाहक भएर काम गर्ने अवसर समेत जुट्यो । प्रथम उपाध्यक्ष भइसकेपछि अध्यक्ष पदमा उम्मेदवारी दिनु स्वभाविक नै हो । त्यसैले संघको ३१ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेर समावेशी टिमसहित म मतदाताको घरदैलोमा पुगिरहेको छ ।

अग्रज व्यवसायी, पूर्व अध्यक्ष र सुभेच्छुकहरुको सुझावलाई शिरोपर गर्दै म र मेरो टिम अघि बढिरहेको छ । यहाँहरुको साथ सहयोगबाट मात्र जीत सम्भव भएकाले विगतमा झैं यसपटक पनि मत दिएर सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।

– संघको विधान संशोधन भइसकेको अवस्थामा सबै उद्योगी व्यवसायी र वस्तुगत संघको भूमिका अझै सशक्त बनाइने छ । वस्तुगत संघमार्फत् नै सदस्यहरुलाई तालिम प्रदान गरिनेछ ।
– व्यवसायीलाई करदाता शिक्षा प्रदान गर्दै लेखा प्रणाली सम्बन्धी ऐन नियमबारे जानकारी गराउन आन्तरिक राजस्व कार्यालयसँग सहकार्य गरी प्रभावकारी कार्यक्रम सञ्चालन गरिनेछ ।
– सदस्यको हित संरक्षण र दक्षता विकासका लागि सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी अघि बढिनेछ ।
– व्यवसायलाई समयसापेक्ष बनाउन प्रविधिको सहारा लिँदै अनलाइन सेवा सञ्चालन गर्ने र सचिवालयलाई प्रविधियुक्त बनाइनेछ ।
– उद्योग व्यवसायमा समस्याका रुपमा देखिँदै आएको व्यवसायी–मजदुरबीचको सम्बन्ध सुधार र विवाद समाधानलाई प्राथमिकतामा राखिनेछ ।
– युवा उद्यमी मञ्च र महिला उद्यमीको भूमिकालाई अझै प्रभावकारी बनाइ युवालाई स्वरोजगार र उद्यमशील बनाउने खालका तालिम सञ्चालन गरिनेछ ।
– राष्ट्रिय र अन्तराष्ट्रिय उद्योग वाणिज्य संघसँग भगिनी सम्बन्ध गाँसेर अनुभव आदान प्रदान गरी उद्यमशीलता विकासका लागि काम गरिनेछ ।
– संघको आत्मनिर्भरताको लागि आयस्रोत वृद्धिका कार्यक्रम सञ्चालन गर्दै बर्सेनि हुँदै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलालाई समय सापेक्ष बनाइने छ ।
– करको दर भन्दा दायरा वृद्धिका लागि आन्तरिक राजस्व कार्यालय र पोखरा उपमहानगरपालिकासँग समन्वय गरी आवश्यक पहल गरिनेछ । एकीकृत सम्पत्ती कर, घर वहाल निर्धारणका लागि मापदण्ड बनाउन सरकारी निकायसँग सहकार्य गरिनेछ ।
– बन्द हड्ताललाई सदा अन्त्यका लागि राजनीतिक दलसँग समन्वय गरी अघि बढिनेछ ।
– संविधान जारी भएर संघीयता कार्यान्वयनको चरणमा रहेकाले सोही अनुसारको पूर्वाधार निर्माणमा संघले समन्वयकारी भूमिका खेल्ने बेला आएको छ । प्रदेश नम्बर ४ को प्रस्तावित राजधानी पोखरामा पूर्वाधार विकासमा जोडदार लबिङ गर्नेछौं ।
– मानव विकास सूचकांकमा कास्की जिल्ला अगाडि छ । अन्य जिल्लाभन्दा समृद्ध भए पनि यहाँ गर्नुपर्ने धेरै काम बाँकी छ । कास्की र समग्र प्रदेश नम्बर ४ को जलस्रोत र प्राकृतिक सम्पदाको सदुपयोग गर्दै पोखरालाई अर्थिक केन्द्रको रुपमा विकास गर्न लबिङ गर्नेछौं ।
– पोखरा अन्तराष्ट्रिय विमानस्थल शिलान्यास भएर अब निर्माणको चरणमा छ । निर्माण कार्यम सहयोग पु¥याउँदै, विमानस्थल निर्माणपछि आवश्यक पर्ने पूर्वाधारका बारेमा सरकारी निकाय र राजनीतिक दलसँग सहकार्य गरी अघि बढिनेछ ।
– मुलुकभर उत्पादन हुने विद्युतमध्ये आधाभन्दा बढी प्रस्तावित प्रदेश नम्बर ४ मा नै उत्पादन हुन्छ । सम्भाब्यता अध्ययन भएका जलविद्युत आयोजना छिटो निर्माण÷थप लगानी र शीघ्र निर्माणमा प्रयन्तशील रहनेछौं ।
– पर्यटन विकासका बारेमा धेरै कुरा भए, अब काम गर्ने बेला आएको छ । पर्यटन बोर्ड, पर्यटन व्यवसायी र उद्योग वाणिज्य संघ मिलेर पोखराको पर्यटनमा ‘ब्रान्डिङ’ गर्नुपर्छ । साहसिक पर्यटनलाई बढावा दिँदै सम्पदाको सौन्दर्यीकरणमा सदा उद्योग वाणिज्य संघको साथ रहनेछ ।
– ठूलो औद्योगिक सम्भाव्यता नभएकाले पोखरा र आसपासमा सेवामूलक व्यवसायलाई बढावा दिन खालका योजनालाई प्राथमिकतामा राखिनेछ ।
– लायन्स क्लब इन्टरनेसनलको सहकार्यमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्थापित हर्ट केयर सेन्टरलाई थप सुविधायुक्त बनाउँदै किड्नी सेन्टर स्थापना र थप विशेषज्ञ सेवा सञ्चालका लागि पहल गरिनेछ । साथै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान शीघ्र सञ्चालनका लागि पर्यत्न गरिनेछ ।
– पोखरा उद्योग वाणिज्य संघकै पहलमा पोखराको खानेपानी सुदृढीकरणका लागि सहमति समेत भइसकेको छ । समयमै काम सम्पन्न गर्न हामी खबरदारी गरिरहनेछौं ।
– बढ्दो सवारी साधनका कारण सिर्जित प्रदूषण र ट्राफिक समस्या निराकरणका लागि वैकल्पिक उपायको खोजी गरिनेछ ।
– व्यावसायिक कृषि विकासका लागि संघले गर्दै आएका प्रयासलाई निरन्तरता दिँदै युवालाई कृषिका आकर्षण गर्ने खालका सिपमूलक तालिम सञ्चालन गरिनेछ ।
– पोखरालाई सुरक्षित, व्यवस्थित र सफा सहरको रुपमा विकास गर्न हाम्रो नेतृत्वको उद्योग वाणिज्य संघले नेतृत्व लिनेछ ।
– सरकारी र स्थानीय निकायसँग व्यवसायीको सम्बन्ध थप सुमधुर बनाउन प्रयत्नशील रहनेछौं ।
– विकासको लागि वहस आवश्यक छ । पोखरामा वौद्धिक वहस÷छलफलको लागि प्रवुद्ध व्यक्तित्व, पत्रकार, नागरिक समाजसँग सहकार्य गरिनेछ ।

कमेन्टहरु
Loading...