मातृभूमिका कृषकद्वारा गाई फार्मको अवलोकन

पोखरा, २२ माघ/पोखरा– १९ घार्मीमा रहेका कृषकले गोर्खाको पालुङ्गटार च्याङ्गलीस्थित कामधेनु गाई फार्मको स्थलगत अवलोकन गरेका छन् । मातृभूमि कृषक समुह र बेमौसमी तरकारी उत्पादन समुहमा आवद्ध ७० जना कृषकले गाई फार्मको अवलोकन गर्दै गाई पालन र दुग्ध व्यबसायका विषयमा परामर्स लिएको भ्रमण उपसमितिका संयोजक नारायण पौडेलले जानकारी दिनुभयो ।

अवलोकन गर्न पुगेका कृषकलाई फार्मका संचालक राजेन्द्रराज पन्थले स्वागत गर्दै गाई पालन, व्यवसाय मात्र नभई शोख पनि भएको बताउँदै, उन्नत जातका गाईबाट मनग्य आम्दानी गर्न सकिने बताउनुभयो ।उहाँले एकै ठाउँमा धेरै व्यवसाय नगरी एउटैमा ध्यान दिन सुझाव दिनुभयो । संचालक पन्थले कृषकलाई गाईमा हुने बाँझोपना, औषधोपचार, पोषण तत्व, गोठ निर्माण र दुधको बजारीकरणका विषयमा परामर्स दिनुभएको थियो । समुहका अध्यक्ष हुतराज शर्माले फार्मको अवलोकन पछि कृषकमा उत्साह बढेको बताउनुभयो

२०५२ सालदेखि गाई पालन शुरु गरेका पन्थको फार्ममा हाल जर्सी र होलिस्टाइन जातका ३ सय ५० वटा गाई छन् ।दैनिक १४ सय देखि २२ सय लिटर दुध बेच्ने गरेका उनले मासिक १९ लाख आम्दानी गरेका छन् ।२० जना कामदार र गाईको सम्पूर्ण खर्च कटाएर मासिक ४ लाख वचत हुने पन्थले बताए ।समुहका सदस्यले फार्मको अवलोकन पश्चात गोर्खाकै कालिका मन्दिरको दर्शन र ऐतिहासिक संग्रालयको अवलोकन समेत गरेका थिए ।

कमेन्टहरु
Loading...