पोखराको न्युरोडमा ७ करोड लगानीमा व्याङ्क्युट तथा रेष्टुरेण्ट

पोखरा, ४ फागुन/पोखराको न्युरोडमा अत्याधुनिक सुविधा सम्पन्न सिटी स्क्वायर व्याङ्क्युट एण्ड रेष्टुरेन्ट संचालनमा आएको छ ।  सफल युवा उद्यमीहरुको समुहले ७ करोड रुपैयाँको संयुक्त लगानीमा संचालनमा ल्याईएको व्याङ्क्युटले शुक्रवार देखीपूर्ण क्षमतामा सेवा दिने तयारी थालेको छ ।

बजारको केन्द्रमा अवस्थित रहेको व्याङ्क्युट तथा रेष्टुरेन्टले गुणस्तरिय तथा ग्राहकहरुको रोजाई अनुसारको सेवा दिने दावी गरेको छ । व्याङ्क्युटमा ठूलो देखी साना सवै खालको कार्यक्रमहरु गर्न मिल्ने ४ सय, २ सय ५०, ६० र १५ जना क्षमताका ४ वटाहलहरु का साथै ७० जना क्षमताको रेष्टुरेन्ट तथा बार पनि रहेका छन् ।

चारवटैहलहरु आधुनिक तरिकाले निर्माण गरिएको साथै एयर कन्डिसन र साउन्डप्रुफ रहेको छ । विभिन्न कार्यक्रम तथा उत्सवको लागि आवश्यकता वमोजिमको सेवाका साथ कार्यक्रम गर्न सकिने वताईन्छ । परिसरमै वार, कफि सप तथा जुस कर्नर छ । ‘पोखरा अव प्रदेशको राजधानीमात्र नभई अन्तराष्टिय« शहर वन्दै छ ।

पर्यटकीय शहरमा अत्याधुनिक सुविधा सम्पन्न व्याङ्क्युट पनि आवश्यक छ ।’ सिटी स्क्वाएर व्याङ्क्युट एण्ड रेष्टुरेन्ट प्रालिका अध्यक्ष प्रमेश पराजुलीले भने ‘बजारको नजिकै सुविधा सम्पन्न हलको अभावमा अन्यत्र भौतारिनु पर्ने समस्या अव हुँदैन । उत्कृष्ट सेवादिने गरि हामीआएका छौँ’।

विवाह, व्रतवन्ध लगायतका कार्यक्रमहरुको लागि पनि मन्डपदेखी आवश्यक सवै सुविधा एकै ठाँउमा भएको कम्पनीको भनाई छ । कम्पनीकादक्ष र व्यवसायिक ५० जनाको जनशक्तिले सेवादिने प्रवन्ध निर्देशक आदर्शमान श्रेष्ठले वताए । ‘हामीसँग भएको सवै जनशक्ति अनुभवी र दक्ष छन् । ग्राहकको रोजाई अनुसारको गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धताका साथ आएका छौँ’। श्रेष्ठले भने‘बजारको केन्द्रमा भएपनि पर्याप्त पार्किङको लागि ठाउँ छुट्टाएका छौँ’।

कमेन्टहरु
Loading...