चिनिया राजदूत भन्छन् पोखरा विमानस्थल निर्माण छिट्टै

पोखरा,२३ वैशाख । नेपालका लागि चिनिया राजदूत यु होङले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सूरु हुने बताउनुभएको छ ।  ‘तपाईँहरुले धेरै कुर्नु भयो, अब धेरै क्ुुर्नु पर्दैन’, पोखरा उद्योग वाणिज्य संघले शनिबार उहाँको सम्मानमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजदूत  होङले भन्नुभयो,‘मुख्य समस्या सल्टिएको छ, बैंकका केही नियम र सर्तहरु छन् ती समाधान हुन्छन् ।’
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अघिल्लो वर्ष शिलान्यास भए पनि निर्माण कार्य अगाडि बढ्न सकेको छैन । चीनको एक्जिम बैंकको ऋण सहयोगमा विमानस्थल निर्माणको सम्झौता भए पनि ऋण तिर्ने प्रक्रिया  र त्यसका प्रक्रियाबारे काम हुन नसक्दा पोखरेलीको विमानस्थल सपना पूरा हुन नपाएको हो ।
राजदूत होङले अनौठो सौन्र्दयका कारण नेपाल चिनिया पर्यटकहरुको लागि आकर्षणको केन्द्र बनेको बताउँदै चीनमा नेपालको प्रचारमा चिनिया दूतावासले सघाएको बताउनुभयो । नेपाल आउने पर्यटकहरु खर्चालु भएको र  उनीहरुले चाहेजस्तो सामानहरु बनाउनेतर्फ नेपालले ध्यान दिनुपर्नेमा उहाँको जोड रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपाल र चीनबीचका धेरैभन्दा धेरै  नाकाहरु संचालनमा ल्याउनु पर्नेमा जोड दिनुभयो । नेपालको चीनसँगको ब्यापार घाटा कम गर्न त्यस्ता नाकाहरु फलदायी  हुने बताउँदै उहाँले कोरला नाका संचालनको लागि पहल गर्न राजदूतसँग आग्रह पनि गर्नुभयो ।
 कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नेपाल र चीनबीचको पुरानो तथा बहुआयामिक सम्बन्धबारे चर्चा गर्दै कोरला नाका संचालन, विमानस्थल निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । चीनको सहयोगमा पोखरामा ठूलाठूला परियोजनाहरु संचालन भएको स्मरण गर्दै उहाँले पोखरालाई अन्तर्राष्ट्रिय सहर बनाउन चीनको तर्फबाट भएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नभयो ।
चीनले अगाडि सारेको वान बेल्ट वान रोड( ओबिओडी) बाट नेपालले प्रचुर लाभ लिन सक्ने उल्लेख गर्दै उहाँले सो परियोजनामा सहभागि हुनको लागि नेपालको निजी क्षेत्रले सरकारलाई दवाब दिने बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले संचालन गर्नुृभएको कार्यक्रममा संचारकर्मी तथा विभिन्न व्यवसायिक संघ÷संस्थाका प्रतिनिधीहरुले नेपाल र चीनबीचका विविध आयामबारे जिज्ञासा राख्नुभएको थियो ।
कमेन्टहरु
Loading...