चेतना सहकारीका कर्मचारी सहित शेयर होल्डरको कोरोना वीमा, ब्याजमा १० प्रतिशत छुट

पोखरा, १९ जेठ / पोखरा–६ डिहिकोपाटनमा रहेको चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कर्मचारी र शेयर होल्डरको कोरोना वीमा गरेको छ ।

कर्मचारी र शेयर होल्डरका लागि एक लाखको वीमा गरिदिने निर्णय गरेको संचालक समितिका अध्यक्ष ज्ञानेन्द्रराज कोइरालाले जानकारी दिए ।

यसैगरी सहकारीले शेयर होल्डरलाई २० हजार राहत दिने समेत संस्थाले निर्णय गरेको छ ।

संस्थाले कोरोनाका कारण लकडाउन भएको अवस्थालाई मध्यनजर गर्दै ऋणिहरुको जेठ मसान्तर सम्मको ब्याजमा १० प्रतिशत ब्याज छुट दिने समेत निर्णय गरिएको बताए ।

कमेन्टहरु
Loading...