क्यान इन्फोटेकमा क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता हुने

पोखरा, १० माघ /क्षेत्रीय स्तरको टाइपिङ प्रतियोगिता हुने भएको छ । पोखरामा आगामी फागुन ५ गतेदेखि हुने ‘क्यान इन्फोटेक–२०१७ विथ मोबाइल एक्स्पो’को अवसरमा प्रतियोगिता हुन लागेको हो । फागुन ७ गते शनिबार प्रतियोगिता हुने कार्यक्रम संयोजक महेन्द्र भुर्तेलले जानकारी दिए ।

पश्चिमाञ्चलका विभिन्न जिल्लाबाट छनोट भएर आएका प्रतियोगीहरुलाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराइनेछ । प्रतियोगिताका बिजेतालाई विशेष पुरस्कारको व्यवस्था गरिने भुर्तेलले बताए । ‘कम्प्युटरको पहिलो प्राथमिकता नै टाइपिङ हो,’ उनले भने, ‘टाइपिङप्रति आकर्षण बढाउन प्रतियोगिता सफल हुने हाम्रो विश्वास छ ।’

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) कास्की शाखाको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको सहआयोजनामा इन्फोटेक हुन लागेको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेक ४ दिनसम्म चल्नेछ । सूचना, प्रविधि तथा संचार क्षेत्रमा नेपालमा भित्रिएका नविनतम प्रविधिहरुका बारेमा जानकारी गराई सूचना तथा प्रविधिको विकासमा योगदान पु¥याउने लक्ष्यले इन्फोटेक गर्न लागिएको क्यान कास्कीका अध्यक्ष तथा इन्फोटेकका संयोजक चिन्तामणि बास्तोलाले जानकारी दिए ।

कमेन्टहरु
Loading...