क्यान इन्फोटेकमा माविस्तरीय आइटी क्विज

पोखरा, १३ फागुन / क्यान इन्फोटेकमा मावि स्तरीय आइटी क्विज प्रतियोगिता हुने भएको छ । फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने क्यान इन्फोटेकका अवसरमा रनिङशील क्विज प्रतियोगिता हुन लागेको हो ।

सहभागी हुन इच्छुक विद्यालयहरुले फागुन १७ गतेसम्म क्यानको सचिवालयमा नाम दर्ता गरिसक्नुपर्ने प्रतियोगिता सहसंयोजक ईश्वर चालिसेले जानकारी दिए । क्विजमा ६० प्रतिशत आइटीका र ४० प्रतिशत सामान्य ज्ञानका प्रश्न सोधिनेछ । क्यान बिगतका वर्षहरुमा पनि प्रतियोगिता गर्दै आइरहेको छ । विद्यार्थीहरुमा अध्ययनको चासो बढाउन प्रतियोगिता प्रभावकारी भइरहेको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले बताए ।

इन्फोटेकमा कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर समेत प्रदान गरिने भएको छ । आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादन प्रदर्शनी तथा अन्य आइसिटीसँग नवीनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी, मोबाइल प्रदर्शनी एवं बिक्री गरिने भएको छ । मेलामा क्यानले दृष्टिविहीनहरुलाई निःशुल्क कम्प्युटर तालिम प्रदान भइरहेको छ मेलामा सूचना प्रविधिसँग सम्बन्धित १ सय भन्दा बढि स्टल रहने बताइएको छ ।

प्रदेश स्तरीय इन्फोटेकलाई आफूहरुले पनि साथ दिने क्यान प्रदेशका उपाध्यक्ष तुलसीराम पाण्डेले बताए । सूचना तथा प्रविधिमा चासो राख्नेहरुका लागि इन्फोटेक प्रभावकारी हुने क्यान गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाले बताए । क्यान इन्फोटेकसँगै सिटी रेवान पोखराको आयोजनामा सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल पनि हुनेछ ।

इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ । इन एसोसिएसन विथमा आइ.एम.ई पे, सपोेर्टेड बाइमा कंगारु एजुकेसन, डाइमन्ड स्पोन्सरमा डिजिकम र जेरक्स, होटल पार्टनरमा होटल मुनस्टोन, एजुकेसन सपोर्टमा ओम डेभलपमेन्ट बैंक र इन्फरम्याटिक्स कलेज, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टिपी लिंक टे«डर्सले साथ दिएको छ ।

कमेन्टहरु
Loading...