पोखरामा विश्व एकाउण्टेन्सी दिवस प्रभातफेरी

पोखरा, १४ कार्तिक / पोखरामा पहिलो पटक विश्व एकाउण्टेन्सी दिवस मनाइएको छ । नेपाल चार्टर्ड एकाउण्टेण्टस् संस्था (आइक्यान) को आयोजनामा पहिलो पटक नेपालमा यो दिवस मनाउने सन्दर्भमा पोखरामा पनि यो दिवस मनाइएको हो ।
एकाउण्टेन्सीका पिता मानिने लुका पासिवलीको सम्झनमा विश्वभर अंग्रेजी महिनाको डिसेम्बर १० तारिखका दिन विश्व एकाउण्टेन्सी दिवस मनाउने गरिन्छ । पासिवलीले सन् १९१४मा पहिलो पटक दोहोरो लेखा प्रणालीबारे किताव प्रकाशन गरेका थिए ।

एकाण्टेन्सी दिवसको अवसरमा पोखरामा रहेका चार्टंर्ड एकाउण्टेण्ट,प्रिजम सेण्टर फर लर्निङ प्रालिमा सिए अध्ययनरत विद्यार्थीहरु र लेखापरीक्षकहरुले ¥याली समेत निकाले । चिप्लेढुङ्गाबाट सुरु भएको ¥याली न्यूरोडहुँदै सभागृहचोकमा पुगेर समापन भएको थियो । ¥यालीपछि आयोजित अन्तरक्रियामा बोल्दै सिए प्रमेश पराजुलीले विश्व एकाउण्टेन्सी दिवसको सुरुवात र एकाउण्टेन्सी शिक्षाको महत्वबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै रजिण्टर्ड अडिटर चिरञ्जिवी द्धाले स्वतन्त्र व्यवसायको लागि चार्टर्ड एकाउण्टेन्सी उत्तम शिक्षा भएको बताए । अडान कास्कीका अध्यक्ष राजेन्द्र पौडेलले पछिल्लो समय चार्टर्ड एकाउण्टेन्सीको पोखरामा नै अध्ययनको अवसर सृजना भएकोमा खुसी व्यक्त गरे ।

चार्टर्ड एकाउण्टेन्सी अध्ययन गरिरहेका विवेक सिग्देलले प्रिजमलगायतका शैक्षिक संस्थाले पोखरामै यो विषय अध्ययनको उचित अवसर सृजना गरे पनि क्याम्प ३ मा गरिने आर्टिकल सीपकोक्रममा ४० नम्बरको आइटीसम्बन्धी तालीमका लागि काठमाण्डौं नै जानुपर्ने बाध्यताले विद्यार्थीलाई असुविधा भएको गुनासो गर्दै त्यस्ता तालीमहरु पोखरामै गरिनुपर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...