बिग आइकन र होटल वाराहि बीच सहकार्य

पोखरा, ८ असोज /गायन रियालिटि शो बिग आइकनको होटल पार्टनरको रुपमा ‘होटल वाराहि’ले बिग एफएमसँग सहकार्य गरेको छ । बिग आइकनको पहिलो सिजनदेखि नै यी दुई संस्थाबीच सहकार्य हुँदै आएको हो । र, यी दुई संस्थाबीचको व्यवसायिक सहकार्य भएको पनि सातौँ पटक हो ।

होटल वाराहिका रेजिडेन्ट म्यानेजर राजकुमार केसी र बिग एफएमका मार्केटिङ म्यानेजर कमल बरालबीच व्यवसायिक सहकार्य गर्ने विषयमा सम्झौता भएको हो ।

‘बिग आइकन नेपालकै सबैभन्दा ठुलो गायन रियालिटि हो । र, पश्चिमाञ्चल क्षेत्रबाट यो खालको प्रयास भैरहँदा हामीले पनि व्यवसायिक सहकार्य गर्नुपर्ने दायित्व ठान्यौँ ।’ सम्झौतापत्रमा हस्ताक्षर गरिसकेपछि होटलका रेजिडेन्ट म्यानेजर केसीले भने–‘र, यो खाले साथ अनि सहयोगको निरन्तरता धेरै पछिसम्म रहिरहनेछ ।’ उनले बिग आइकन पोखराकै चिनारीको रुपमा विकसित भैरहेको प्रतिक्रिया समेत दिए ।

त्यस्तै बिग एफएमका मार्केटिङ म्यानेजर कमल बरालले होटल वाराहिप्रति कृतज्ञता व्यक्त गरे । ‘यस्तै व्यवसायिक साथ पाएकै कारणले बिग आइकन सातौँ सँस्करणसम्म आईपुगेको हो ।’ बरालले भने ।

बिग आइकनको सातौँ सँस्करण अन्तरगत यस अगाडि टेलिभिजन पार्टनरमा एभिन्यूज टेलिभिजन र ‘पावर्ड बाई’ टाईटलमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टरले व्यवसायिक सहकार्य गरिसकेका छन् । अन्य टाईटलमा पनि सहकार्यको अन्तिम तयारी भैरहेको एफएमले जनाएको छ । बिग आइकनको सातौँ सँस्करणका लागि हाल निशुल्क रुपमा फाराम वितरण भैरहेको छ ।

कमेन्टहरु
Loading...